काठमाडौं, २७ बैशाख । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर गरिएको छ ।
हालै उक्त दुई दलबीच भएको नौ बुँदे सहमतिले संक्रमणकालीन न्याय, मानव अधिकार र न्यायपालिकाको स्वतन्त्रताको समाप्त गरेको भन्दै ओली र प्रचण्डलाई विपक्षी बनाएर सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको हो । अनन्तराज लुईटेल, रुद्र पाठक लगायतका अधिवक्ताले दायर गरेको रिट निवेदनमा उक्त नौ बुँदे सहमतिको तेस्रो र सातौं बुँदाले अदालतको फैसलाबारे बोलेको र न्यायलयमाथि नै गम्भीर प्रहार गरेको दावी गरिएको छ ।
सरकार, प्रधानमन्त्री ओली, प्रचण्ड, एमाले तथा एकीकृत माओवादीलाई विपक्षी बनाएर दायर भएको रिटमा नौबुँदे सम्झौता सम्झौता खारेजको माग गरिएको छ ।
हालै एमाले र एकीकृत माओवादीबीच भएको नौ बुँदे सहमतिको तेस्रो बुँदामा भनिएको छ – शान्ति सम्झौताको मर्म अनुसार संक्रमणकालीन न्यायसम्वन्धी कार्य गर्न ठोस तालिकासहित १५ दिनभित्र कानुन संशोधन लगायतका प्रक्रिया अघि बढाउने उल्लेख छ । सशस्त्र द्वन्द्वकाल र विभिन्न समयमा राजनीतिक कारणले लगाइएका मुद्दाहरु फिर्ता, माफी, मिनाहको प्रक्रिया अविलम्ब अघि बढाउने– साथै नवौँ बुँदामा भनिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...