वैशाख २७, २०७३- जापानी राजकुमार नारुहितोले तीन दशक अघि नेपालमा खिचेका तस्बिरहरु एक कार्यक्रममा देखाउँदै नेपाली स्थानहरुको बारेमा जिज्ञासा राखे । उनले आफूले भ्रमण गरेको स्थानमा लिएको तस्विर देखाउदै ती स्थान र त्यहाँको बारेमा जानकारी लिएका थिए ।
नेपाल र जापानबीच कूटनीतिक सम्वन्धको ६० औं बर्षगाँठको अवसरमा जापानमा आयोजित कार्यक्रममा जापानी राजकुमार नारुहितो उपस्थित भएर त्यस्तो जिज्ञासा राखेका हुन् । जापानी सञ्चारमाध्यममा उनले उक्त कार्यक्रम नियालेको तस्बिर समेत छापिएको छ । उनले सन् १९८७ मा नेपाल भ्रमण गरेका थिए । एक सातासम्म चल्ने नेपाल जापन सम्वन्धको उक्त कार्यक्रमको पाँचौ दिनमा राजकुमारले तस्बिर सहित त्यस्तो जिज्ञासा राखेका हुन् ।
राजकुमारले दुई महिना अघि पनि हिमाल आरोहण सम्वन्धी जापानी चलचित्र एभरेष्ट हेरेर नेपालका कार्यबाहक राजदूतलाई भेटै नेपाललाई अहिले कस्तो छ भन्दै जिज्ञासा राखेका थिए । उनी नेपाल जोडिएको विशिष्ट कार्यक्रममा पुग्ने यसरी चासो राख्दै नेपाल र जापान सम्वन्धालाई थप महत्व दिएका छन् । नेपाल जापान सम्वन्ध र जापानीले मनास्लु हिमाल चढेको ६० बर्ष पुगेको अवसरमा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रम जापानको माइनिची पत्रिका कम्पनीले दूतावाससँग सहाकार्य गरेर कार्यक्रम गरेको हो । दैनिक ४० वितरण हुने उक्त पत्रिकाले नेपाल र जापानको सम्वन्धलाई महत्व दिदै उक्त कार्यक्रमहरु आयोजना गर्दै जापानी राजकुमारको नेपाल मोहबारे समाचार समेत प्रकासित छ ।
गोर्खामा पर्ने मनास्लु हिमाल सन १९५६ मे ९ मा सफल आरोहण गर्ने जापानीहरु मध्ये एक जना आरोही अझै जीवित नै रहेको र उनले उक्त क्षेत्रको प्रचार गरिरहेको जानकारी समेत दिइएको दुतावासले जनाएको छ । नेपाल जापान कूटनीतिक सम्वन्धको ६० बर्ष पुगेको अवसरमा उक्त कार्यक्रम गरिएको र त्यसमा राजकुमारको उपस्थिति तथा नेपालको विभिन्न स्थानबारेमा जिज्ञासाले नेपाल जापानको निकै उच्च स्थानमा रहेको महसुस भएको कार्यबाहक राजदूत गेहेन्द्र राजभण्डारीले बताए । कार्यक्रममा मनास्लु डे, फिल्म प्रदर्शनी, नेपाल फेन्डसिप डे, जिम्वोचो नेपाल फेस्टिभल, मुकम्पपछिको पुर्ननिर्माणकारे जनचेताना तथा सम्वन्धीत तस्बिरहरु समेत रहेका थिए ।
मनास्लु हिमाल आरोहण सम्वन्धी छुट्टै चलचित्र र जापानीहरुको नेपाल भ्रमण र अवलोकन बारेमा प्रचार समेत त्यहाँ भएको थियो । लाखौंले आवलोकन गर्ने उक्त कार्यक्रममा राजकुमार तथा अन्य राजपरिवारको उपस्थितीले निकै हौसला मिलेको उक्त पत्रिकाले जनाएको छ ।
कार्यबाहक राजदूत भण्डारीले दुवै मुलुकको हिमाल सम्वन्धको एक प्रतिक हो भन्दै उनले भने, ‘हिमाल जस्तै अग्लो हाम्रो सवन्ध त्यस्तै निश्चल र सोही जगमा अडेको छ । सम्मान, सद्भाव, चिन्तन, विकासमा सहकार्य, सबै आत्मियता हिमाल जस्तै अटल छ । नेपालको विकासमा जापानीको सहयोग र सदभाव सराहनिय छ । दु:खमा साथ दिने जापानीको वानी र नेपालीको वानी पनि उस्तै छ यो नै सम्वन्धको प्रतिक हो ।’
नेपालमा लागि जापानमा राजदूत मसासी ओगावा पनि उक्त कार्यक्रममा सहभागी हुन जापान पुगेका थिए । उलने पनि नेपाल जापान सम्बन्धलाई उचाईमा रहेको र नेपाल जापानको हितैसी रहेको भन्दै विकास कर्यमा जापानले सहयोगमा कमि नराख्ने जानकारी दिएको विज्ञप्तीम उल्लेख छ ।
सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम महिला जुन्को तावोईले पनि नेपाल भ्रमण गरेर नेपालको विकासमा सहयोग गर्न सबै जापानी युवालाई आग्रह गरिन् । उनले युवाहरुले हिमाल पहाड आरोहण गर्नपर्ने समेत बताइन् । अर्का पर्वतारोही र सगरमाथा सफाई अभियानमा रहेको केन नोगुचीले सगरमाथा सफा रहेको जानकारी दिँदै हिमाल आरोहण गर्न सबैलाई आग्रह गरे ।
केन ५१ पटक नेपाल भ्रमण गरेका जापानी हुन् । उनले नेपाल र नेपालीबारे आफ्नो अनुभव समेत उक्त कार्यक्रममा सुनाएका थिए । टोकियोको जिम्वाचो भन्ने स्थानमा भएको उक्त कार्यक्रममा नेपाली पन्चेवाजा, संस्कृति, नृत्य, नेपाली खाना, हिमाल आरोहण सम्वन्धी तस्बिरहरु समेत राखिएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...