-->
इंगल्याण्डको युरो टोलि घोषणा: आर्सनलका विल्सिएरदेखि युनाईटेडका राश्फोर्डसम्म अटाए

इंग्ल्याण्डका म्यानेजर रोय हज्सनले आगामी जुन १०बाट सुरु हुने युरो २०१६का लागि आफ्नो टोलीको नाम सुनाएका छन्|

केहि खेलाडी भर्खरै चोटबाट फर्किएको र उनीहरुको स्थिति अध्ययन गर्नुपर्ने हुनाले हाललाई २६ खेलाडीको नाम सुनाइएको छ| प्रतियोगिताको लागि प्रत्यक टोलीले २३ खेलाडीको नाम बुझाउनु पर्ने प्रावधान रहेको छ|

कप्तान वेन रुनीलाइ आक्रमणमा साथ दिन प्रिमिएर लिगका उच्च गोलकर्ता ह्यारी केन र लिग विजेता लेस्टरका फरवार्ड जेमी भार्डी रहेका छन्| उनीहरुलाई साथ दिन लिभरपुलका ड्यानीएल स्टरिज र म्यानचेस्टर युनाइटेडका मार्कस राश्फोर्ड पनि रहेका छन्|

पुरा टोलि:

गोलरक्षक: जो हार्ट, फ्रेजर फ्रोस्टर, टम हिटन

डिफेन्डर:  राएन बर्टर्यान्ड, ग्यारी केहिल, नथनिएल् क्लाइन, ड्यानी रोज, क्रिस समलिङ्, जोन स्टोन्स, काइल वाल्कर

मिडफिल्डर: रस बार्क्ली, डेले अलि, फबियन डेल्फ, एरिक डाएर, ड्यानी ड्रिंकवाटर, जोर्डन हेन्डरसन, एडम लाल्लाना, जेम्स मिल्नर, आन्द्रोस टाउनसेन्ड, ज्याक विल्सिएर, रहिम स्टरलिङ्

फरवार्ड: वेन रुनी, ह्यारी केन, जेमी भार्डी, ड्यानीएल स्टरिज, मार्कस राश्फोर्ड




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.