-->
अधुरै रहे भाइ बहिनिलाई खुसि पर्ने समान लिने चाहाना,मलेसियामा एक नेपालीको मृत्यु...

जेठ ५
पाल्पा रामपुरमा घर भई हाल मलेसियाको जोहोबारु जिल्लाको कोताकुलाई भन्ने ठाँउमा रहेको किफ्फात कम्पनिमा कार्यरत धनबहादुर मोक्तान नाम भएका एक व्याक्ति १२ घन्टा कम्पनिमा काम गरेर कोठाम फर्किए, र साथिहरु सँगसँगै मिलेर अस्ति आइतबार खाना बनाएर सँगसँगै खाए पनि खाना खाएर करिब रातिको ११:३० बजे सुतेका धनबहादुर सोमबार बिहानि हुन नपाउदै यो संसार छोडेर गए छन्। मेलेसिया आएको २९ महिना भएको थियो। उनका हजारौं चाहान र आकंक्षाहरु थिय, तर पूरा हुन नपाउदै कलिलो उमेरमा यो संसार छोडेर गए।
२१ बर्षको यो अल्पआयुमै आफ्नो जिवन परदेशमै अन्त्य गरे, घरमा आमा बुवा १ भाइ अनि बहिनी छन्। दाजुको घर आउने दिन गनेर बसेका थिय होला। सधै फोनमा कुरा गर्दा यसै भन्थे। दाइ मेरो लागि यो समान उ समान भनेर भन्थे।तर विडम्बना, उनिहरुको दाइ यो धर्तिमा रहेनन्। यी शब्दहरु लेख्दै गर्दा मेरा आँखाबाट आँसुहरु झरिरहेका छन्।हामी सँगसँगै काम गर्ने सधैजसो रमाइलोमै दिन बिताउने साथि नहुदा यो बिरानो मुलुक पनि शुन्य र उराठ उराठ लाग्न थाल्यो।
तिमि यो धर्तिमा नभएपनि तिमिलाई सधै सम्झि रहने छौं।र अन्तमा के भन्न चाहान्छु भने जो जति मलेसिया जस्ता खाडिमुलुक हरुमा जाँदै हुनुहुन्छ,कृपया आफ्नो विशेष ध्यान दिनु होला।खाडिमुलुकमा धेरै लामो समय सम्म नसुत्नु होला र काम गरि सकेपछि अनिवार्य रुपमा नुहाउनु होला र धैरै सोच्ने बानिलाई कम गर्नुहोला किनकि तपाईको जुनसुकै समयमा पनि यस्तो अवस्था आउन सक्छ।
गोर्खाली खबरबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.