-->
टाउको झुन्डिएका बालकको सफल शल्यक्रिय

घाँटीको मांशपेशी कमजोर भई टाउको लत्रिएको अबस्थाका एक बालकको सफल सल्यक्रिया भएको छ । भारतको मध्यप्रदेशका १३ वर्षीय महेन्द्र अहिरवारको दुर्लभ मानिने रोग कन्जेनाइटल मायोप्याथीबाट पिडीत थिए । जसका कारण उनको घाटीको मांशपेशी कमजोर भइ उनको टाउको १८० डिग्रीको कोणमा झुन्डिएको देखिन्थ्यो । सल्यक्रिया पछि अहिले उनको टाउको सिधा भएको छ ।
उपचारका लागि अनेकन प्रयास गर्दा कसैको सहयोग नपाएपछि गतवर्ष उनका आमा बाबुले छोराको छिटै मृत्यु भएको देख्न चाहेको बताएका थिए । उनीहरु यो कुरा अन्तराष्ट्रिय मिडियामा भाइरल बन्यो । सोही समाचार पढेपछि एक स्पेनीस महिला जुली जोन्सको मन पलायो । उनले तत्कालै महेन्द्रको उपचारका लागि सहयोग गर्ने प्रतिवद्धता लिइन् ।
लिभरपुलकी जोन्सले दुर्लभ रोगबाट पिडीत बालकको उपचारमा समस्या भन्ने समाचार पडेपछि जोन्सले इन्टरनेटमा क्राउड फन्डिङ वेवसाइडमा खाता खोलिन र महेन्द्रको सहयोगको लागि आवहान गरिन् । उनको सो आवहान पछि २८ दिनमै १२ हजार युरो जम्मा भयो । सो रकम लिएर उनी दिल्ली आइन् र महेन्द्रलाई उपचारका लागि अपोलो अस्पतालमा बोलाइन् ।
एपोलो अस्पतालका पूर्व एन.एच.एस. सर्जन डा. राजागेपाल कृष्णको नेतृत्वमा चिकित्सकको टोलीले १० घण्टे लामो शल्यक्रिया गरेर महेन्द्रको झुन्डिएको टाउको सिधा पारिदिए । अहिले महेन्द्र ह्वीलचेयरमा घुम्ने लेख्ने, टि.भी हेर्ने साथीहरुसंग खेल्ने गर्छन् ।
नेपालजापान डट कमबाट



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.