-->
कोहलीप्रेरित बेङलोर दोस्रो स्थानमा

बेङलोर- विराट कोहलीले वायाँ हातमा लागेको चोटलाई वेवास्था गर्दै बुधबार अर्को एक सतक प्रहार गरेपछि वर्षाद्धारा प्रभावित खेलमा किङस ११ पञ्जावमाथि डकवर्थ लुइस पद्दतिमा ८२ रनको जित निकाल्दै रोयल च्यालेन्जर्स बेङलोर इन्डियन प्रिमियर लिग (आइपिएल) अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। 

जारी सिजनमा ट्वान्टी–२० क्रिकेटको आक्रामक ब्याटिङ स्तरलाई नयाँ उचाई दिन सफल कोहलीले भारी वर्षाका कारण झण्डै दुई घन्टा ढिलोगरी सुरु भएको खेलमा वायाँ हातमा लागेको ९ टाँकाको वास्था गरेनन्। पछिल्ला ९ इनिङमा चौथो सतक प्रहार गर्ने क्रममा उनले ५० बत्रल खेल्दै १ सय १३ रन जोडे। जसका कारण उनको टोली बेङलोर पाँचौं स्थानबाट दोस्रोमा उक्लियो भने उच्च स्कोरर बन्ने दौडमा कोहलीले प्रतिद्वन्द्वीहरुलाई निकै पछि छोडे।

२८ बलमा अर्धसतक पूरा गरेका कोहलीले सतकका लागि ४७ बलको प्रयोग गरे। वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा ५० बलमात्र सामना गरेका कोहलीले १२ चौका र ८ छक्का प्रहार गरे।

बुधबार बेङलोरको जितमा कोहलीसँगै क्रिस गेलको प्रदर्शन पनि सनसनीपूर्ण थियो। २६ बलमा अर्धसतक पूरा गरेका गेलले उच्च फर्मलाई निरन्तरता दिने क्रममा ३२ बल खेल्दै ७३ रनको योगदान गरे। पाँच ओभर घटाइएको खेललाई आक्रामक सुरुआत दिलाउने क्रममा गेल र कोहलीले पहिलो विकेटका लागि ११ ओभरमा १ सय ४७ रनको साझेदारी गरे। त्यसबाट बनेको बलियो आधरलाई निरन्तरता दिने क्रममा कोहलीलाई लोकेश राहुलले साथ दिए। तेस्रो नम्बरमा आएका एबी डी भिलियर्स खाता खोल्न नपाउँदै पवेलियन फर्किएका थिए। तर राहुलले ६ बलमा ३ चौकासहित अविजित १६ रन जोडेपछि बेङलोरले १५ ओभरमा ३ विकेट गुमाउँदै पञ्जावसामु २ सय ११ रनको पहाड खडा गरेको थियो।

जवाफमा २ सय १२ रनको लक्ष्य लिएर आएको पञ्जाव १४ ओभरमा ९ विकेटको क्षतिमा १ सय २० रनमा सिमित भयो। वायाँ हाते सिमर एस अरविन्दले मुरली विजय र हसिम अमलालाई आउट गरेपछि लेगस्पिनर युजभेन्द्र चहलले करियरकै अहिलेसम्मको उत्कृष्ट प्रदर्शन गर्ने क्रममा २५ रन खचर्िँदै ४ विकेट लिएर पञ्जावको मध्यक्रम धरासायी पारे।

१२ औं ओभरमा वर्षाले पुन खेल अवरुद्ध पार्दा पञ्जावले १ सय रन बनाएको थियो। दोस्रो पटक वर्षाले विथोलेपछि ेखल १४ ओभरमा घटाइयो।

पञ्जावका लागि ऋदिमन शाहले बनाएको २४ रन उच्च स्कोर थियो भने गुरकिरात सिंहले १८, ओपनर मुरली विजयले १६, मोहित शर्माले १४, अक्षर पटेलले १३ तथा केसी कारिआप्पाले अविजित १२ रनवाहेक अन्यले दोहोरो स्कोर गर्न सकेनन्। बेङलोरका चहलले ४ विकेट लिँदा शेन वाट्सन र अरविन्दले २/२ विकेटमा नाम लेखाए।

कीर्तिमानको चाङमाथि कोहली

बुधबारको प्रदर्शनसँगै कोलहीले आइपिएल करियरमा ४ हजार रन पार गर्ने पहिलो खेलाडीका रुपमा पनि कीर्तिमान बनाए। सिजन सुरु हुनुभन्दा पहिला आइपिएलको सर्वकालिन उच्च स्कोरर सुचीको चौथो स्थानमा रहेका कोहलीले बुधबार १ सय १३ रन बनाएर कुल रनसंख्या ४ हजार २ पुर्याुउँदै सुरेस रैनाको नाममा रहेको ३ हजार ९ सय ८५ रनको कीर्तिमान तोडे।

जारी सिजनको आइपिएलमा कोहलीको कुल स्कोर १३ खेलमा ४ सतक र ५ अर्धसतकसहित ८ सय ६५ पुगेको छ। दोस्रो स्थानमा बेङलोरकै एबी डी भिलियर्स (५९७ छन्।

आइपिएलको एकै सिजनमा चार सतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन्। समग्रमा भने सर्वाधिक सतक बनाउने कीर्तिमान क्रिस गेलको नाममा छ। गेलले ५ सतक प्रहार गरेका छन्। यो वर्ष कोहलीले ७५ वा त्योभन्दा बढि रन बनाएको यो ११ औं इनिङ हो। एउटै क्यालेन्डर वर्षमा ट्वान्टी–२० इनिङमा यस्तो उपलब्धी हासिल गर्ने पनि उनी एकमात्र खेलाडी हुन्। बेङलोरको चिन्नास्वामी रंगशालामा बुधबारको प्रदर्शनसँगै कोहलीको यो वर्षको स्कोर २ हजार ४२ पुगेको छ। एउटै मैदानमा एकै वर्षमा २ हजार भन्दा बढि ट्वान्टी–२० रन बनाउने उनी पहिलो ब्याट्सम्यान बनेका छन्।

यसैगरी बुधबार पहिलो विकेटका लागि गेलसँग उनले १ सय ४७ रनको साझेदारी गर्दा १३.३६ को रनरेट थियो। जुन आइपिएल इतिहासमा पहिलो विकेटका लागि सतकीय साझेदारी गर्दाको दोस्रो उच्च औसत हो। ब्रेन्डन म्याककलम र डेवाइन स्मिथले गतवर्ष वाङखडेमा मुम्बई इन्डियन्सविरुद्धको खेलमा चेन्नई सुपर किङगसका लागि १ सय ९ रनको साझेदारी गर्दा १४.८६ को औसत थियो। गेलसँग कोहलीको ट्वान्टी–२० क्रिकेटमा २ हजार ५ सय रनको साझेदारी पूरा भएको छ। यी दुई खेलाडीको नाममा सर्वाधिक ८ सतकीय साझेदारीको कीर्तिमान पनि छ। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.