-->
हृदयघात भएर मैदानमै लडेका फुटबलरको मृत्यु

वैशाख २५ – क्यामरुनका मिडफिल्डर प्याट्रिक एकेङगको निधन भएको छ । रोमानियन लिग अन्तर्गत शुक्रबार राति भिआइटोरलसँगको खेलको क्रममा 
डाइनामो बुकारेस्ट क्लबका मिडफिल्डर एकेङग ७० औं मिनेटमा मैदानमा लडेका थिए । उनलाई हृदयघात भएको हो । २६ वर्षका एकेङगलाई तत्कालै अस्पताल लगिएको थियो । 
अस्पताल पुर्याएको दुई घण्टापछि उनको निधन भएको हो । क्यामरुनको फुटबल एसोसिएसनले एकेङगको निधन भएको पुष्टी गरेको छ । 
उनको पूर्व क्लब कोर्डोबाले उनको निधनले निकै दुखी भएको र यो दुख व्यक्त गर्ने शब्द नै नरहेको बताएको छ । सन् २००३ मा क्यामरुनका मिडफिल्डर मार्क विविएन फोए फ्रान्समा भएको कनफेडेरेसन कप अन्तर्गत कोलम्बियासँगको खेलको क्रममा हृदयघातका कारण निधन भएको थियो


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.