३१ वैशाख काठमाडौं : नेपाल भ्रमणमा रहेका चीनका सञ्चारमन्त्री काई फुचाओले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार भेटवार्ता गरेका छन्।
फोटो : प्रधानमन्त्रीको सचिवालय
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र दुई देशबीचका सञ्चार माध्यमहरुको सहकार्य र विकास तथा पत्रकारहरुको भ्रमण आदान प्रदान लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिएका छन्।
भेटका अवसरमा चीनका सञ्चारमन्त्रीले चीन र नेपाल दुई असल छिमेकी भएको उल्लेख गर्दै चीनको चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी) ले सात श्रृंखला लामो नेपाल जाऔं भन्ने वृत्तचित्र निर्माण र प्रसारण गरेर नेपालप्रति चिनियाँहरुको आकर्षण बढाएको जानकारी गराए।
उनले गत वर्ष चैत्रमा प्रधानमन्त्रीले गरेको चीन भ्रमणका बेला दुई देशबीच भएका सम्झौता र समझदारीको व्यबहारमा कार्यान्वयन गर्नका लागि आफ्नो भ्रमण केन्द्रित रहेको बताए।
चीनका सञ्चारमन्त्रीले दुई देशका सञ्चार क्षेत्रको विकास, नेपालको सञ्चार क्षेत्रको पूर्वाधार विकासमा सहयोग, तालिम र भ्रमण आदान प्रदान गर्न चीन सरकार नेपाल सरकारसँग सहकार्य गर्न तत्पर रहेको पनि बताए।
प्रधानमन्त्री ओलीले चीनका सञ्चारमन्त्रीको नेपाल भ्रमणले दुई देशको सम्बन्ध विकासमा थप सहयोग पुगेको उल्लेख गर्दै सूचना प्रविधिको क्षेत्रमा चीनले गरेको प्रगतिको अनुभव र सहयोगबाट नेपालको आधुनिकिकरणमा मद्दत पुग्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्रीले नेपालमा पर्यटनको ठूलो सम्भावना रहेकोले चिनियाँ सञ्चार माध्यमहरुमार्फत चिनियाँ पर्यटकहरुलाई नेपाल भ्रमणमा प्रेरित गर्न आग्रह गरे। उनले भने – हामी चीनको विकास र अनुभवबाट लाभ लिन चाहन्छौ। हामी चीनसँग सहकार्य र सहयोगको थप अपेक्षा गर्दछौं।
प्रधानमन्त्रीले विभिन्न माध्यमबाट नेपाल चीनबीचको कनेक्टिभिटी रहेको र हिजो मात्र नेपाल र चीनबीच अप्टिकल फाइबरको सञ्जाल स्थापित भएको बताए।
प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणका बेला भएका सम्झौता र समझदारीको कार्यान्वयन गर्न मन्त्रीपरिषदले एक उच्चस्तरीय कार्यदल गठन गरेको जानकारी पनि चिनियाँ सञ्चारमन्त्रीलाई गराए। उनले भूकम्पका बेला चीन सरकारले पुर्याएको सहयोग र अहिले पुनर्निर्माणमा पुर्याइरहेको सहयोगको प्रशंसा पनि गरे।
प्रधानमन्त्रीले चीनले लिएको वान बेल्ट वान रोडको नीतिले चीनको आफ्नो मात्र होइन, छिमेकीहरुको समेत विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रधानमन्त्रीले निकट भविष्यमा चीनका राष्ट्रपतिलाई नेपालमा स्वागत गर्न नेपाल सरकार र नेपाली जनता प्रतिक्षारत रहेको पनि बताएका प्रेस सल्लाहकार दाहालले जानकारी दिए। सुनौलो नेपाल बाट



0 comments
प्रतिक्रिया दिनुहोस्...