अन्तराष्ट्रिय विमानस्थलबाट साढे तीन किलो सुन बरामद
काठमाडौं: त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सारले मंगलबार राती साढे तीन किलो सुन समातेको छ ।
मालिन्दो एयरबाट आएका सिंगापुरका नागरिक मारुगेन सेल्भमले माईक्रोवेभ र एम्फिफायरभित्र लुकाएर ल्याएका साढे तीन किलो बराबरको ३७ टुक्रा सुन लुकाएर ल्याएका थिए ।
भन्सारका कर्मचारीले व्याग एक्स रे गर्ने क्रममा संका लागेपछि खोतलेर हेर्दा सुन फेला परेको जानकारी प्रमुख भन्सार अधिकृत टंकनाथ पौडेलले दिए । पक्राउ परेका मारुगेनलाई भन्सारले बुधबार अदालतमा मुद्दा चलाउने तयारी गरेको छ ।
विदेशी नागरिकको हकमा गहनाका रुपमा ५० ग्राम मात्रै सुन ल्याउन पाउने नियम छ । तर, मारुगेनले तस्करी गर्ने उद्देश्यले उक्त परिमाणको सुन ल्याएको दावी भन्सारको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...