-->
ओली नेतृत्वको सरकारले नेपालीको हितमा आर्थिक, सामाजिक विकासको योजना ल्याएको छ’

भक्तपुर, ११ जेठ । नेपाली काँग्रेसकी नेतृ एवं केन्द्रिय सदस्य सुजाता कोइरालाले तत्काल सरकार परिवर्तन सबैका लागि घातक सावित हुने दावी गरेकि छिन् । 


रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कारमा कोइरालाले केपी ओली नेतृत्वको सरकारले आर्थिक, सामाजिक विकासको योजना नेपाल र नेपालीको हितमा भएकाले कांग्रेसले समेत सहमति जनाउने भन्दै उनले तत्काल सरकार परिवर्तन गरिए विकासको बाटाहरु बन्द हुने बताईन ।

कोइरालाले स्थानिय निकायको निर्वाचन गर्ने मिति सरकारले तोकेता पनि एमालेले नचाहेको भन्दै यदि एमालेले स्थानिय निकायको निर्वाचनको तयारी गर्ने भए प्रतिपक्ष काँग्रेसलाई छलफलमा बोलाउनु पर्ने तर त्यसो नभएको उनले बताईन । स्थानिय निकायको निर्वाचन हुन नसक्दा जताततै भ्रष्टाचार मौलाएकाले समेत स्थानिय निकायका निर्वाचन सबैको आवश्यकता रहेको उनको टिप्पणी छ ।

प्राधिकरणका काम सुस्त गतिमा भएको गुनासो गर्दैै बर्खाको समयमा भुकम्पपिडितहरुका लागि केहि गर्न नसक्दा त्यसले सबै तर्फ नकारात्मक असर पार्ने भएकाले सरकारले पूनर्निर्माणको कामलाई तिब्रता दिन नेपाली सेना लगायत अन्य युवा दस्ताहरुलाई स्वयम सेवकका रुपमा परिचालन गर्न सक्नु पर्ने कोइरालाले बताई ।

मधेस आन्दोलनका जायज मागहरुको सम्बोधन गर्नु पर्ने भन्दै कोइरालाले अबको एजेन्डा भनेको देशको आर्थिक र सामाजिक विकास भएकाले सबै मिलेर यता लाग्न र तराईलाई समेत आर्थिक बाटो तर्फ अगाडि बढाउन लाग्नु पर्नेमा जोड दिईन् ।

हिन्दु राज्यका बिषयमा नेपाली काँग्रेसभित्र विभिन्न भनाइहरु बाहिर आएता पनि त्यो गलत भएको भन्दै अब साना बिषयहरुलाई संबिधानमा समेटर संशोधन गर्न सकिए पनि मूख्य बिषयहरु नेपाली जनताले लेखेका छन् ती परिवर्तन नहुने समेत कोइरालाले दाबी गरिन् ।

नेपाली काँग्रसेले आफ्ना भातृ संगठनको निर्वाचन गर्न नसकेको तर्फ सबै केन्द्रित भएर लाग्नु पर्ने भन्दै कोइरालाले यदि बेलैमा काँग्रेसले सोचेर निर्वाचनतर्फ अग्रसर नभए त्यसले कार्यकर्तामा निराशा छाउने बर्ताइन ।

नेपालका छिमेकी देशहरुसँग सफल कुटनीतिक सम्बन्धको बिस्तार गर्दै बिकासका बिषयलाई एजेन्डाको रुपमा लिएर नेपालले लाभ लिने तर्फ अगाडि बढ्नु पर्नेमा कोइरालाले जोड दिईन ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.