सगरमाथाको आरोहण गरेर फर्किँदै क्रममा तिन नेपाली सहित ६ आरोही सम्पर्कविहीन
सगरमाथाको सफल आरोहण गरेर फर्किँदै क्रममा शनिबार विहानबाट सात हजारको उचाइबाट तिन नेपाली सहित छ आरोही सम्पर्कविहीन भएको छन् ।
पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम शर्माका अनुसार वेपत्ता भएका भारतीय नागरिकहरुमा परेशचन्द्र नाथ, गौतम घोस र सुवास पल छन् । वेपत्ता भएका नेपालीहरुको परिचय अहिलेसम्म खुलेको छैन ।सम्पर्कविहीन भएकामा ३ नेपाली र ३ भारतीय नागरिक रहेको जनाएको छ ।
शनिबार विहानबाट सम्पर्कविहीन भएकाहरु मध्ये एक भारतीय महिलालाई हेलिकोप्टरको सहयताले उद्धारको प्रयास भइरहे पनि मौषम प्रतिक्लताका कारण नसकिएको पर्यटन मन्त्रालय स्रोतने जनाएको छ ।वेपत्ता भएको खबर हिजो पाएको र खबर पाएलगत्तै हेलिकोप्टरसहित उद्धारकर्मी पठाए पनि उद्धार हालसम्म गर्न नसकेको शर्माले जानकारी दिए ।
शनिबार विहानबाट तिन नेपाली सहित ६ आरोही सगरमाथाको शिखरमा पुगेर ओर्लिंदै थिए । करिब ७ हजार मिटरको उचाइमा उनीहरु शुसीरले नाच्न थालेका थिए । आरोही संगै गएका गाइडले छिटो जाउँ अक्सिजन सकिन सक्छ चनेर सचेत गराएका थिए ।
भारतीय महिलाको उद्धारकार्य जारी रहेको छ ।उद्धारमा गएको हेलिकप्टरले ७ हजार ५ सय मिटरको उचाइमा भारतीय महिला सुनिता हजारालाई फेला पारेर उद्धार गर्ने प्रयास गरिरहेको छ। हेलिकप्टर र डोरीको सहायताले उद्धारको प्रयास भइरहेको छ ।‘हेलिकोप्टरबाट डोरीको सहायताले उद्धारको प्रयास भइरहेको छ, अन्य अवस्था भने अझै अज्ञात रहेको शर्माले जानकारी दिए ।
यद्धपी पर्यटन उद्योग हिमाल आरोहण शाखा प्रमुख ज्ञानेन्द्र श्रेष्ठले वेपत्ता भएका तीन जना नेपाली पनि सम्पर्कमा आइसकेको जानकारी दिए पनि पर्यटन मन्त्रालयले यसको पुष्टी गरेको छैन्न् ।भूकम्पले गर्दा गत महिनाबाट मात्रै खुल्ला गरिएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...