-->
एयर इन्डियाकाे जहाज इमर्जेन्सी ल्यान्डिङ

भोपाल (भारत)— नयाँ दिल्लीको इन्दिरागान्धी विमानस्थलबाट कोचीका लागि उडेको एयर इन्डियाको एउटा मंगलबार भोपालको राजाभोज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ। इमर्जेन्सी ल्यान्डिङ गरिएको जहाजमा १७५ यात्रु थिए।
जहाजमा प्राविधिक गडबडी देखिएपछि चालक दलले त्यसलाई भोपालमै ल्यान्ड गराएका हुन्। आइए फ्लाइट नम्बर ०३५ को सो जहाज इमर्जेन्सी ल्यान्ड भएको पुष्टि गर्दै विमानस्थलका निर्देशक आकाशदीप माथुरले जहाजमा रहेका सबै १७५ यात्रु सकुशल रहेको जानकारी दिए।
'प्लेनको कार्गोमा केही समस्या देखिएपछि पाइलटले इमर्जेन्सी ल्यान्डिङको निर्णय लिए', उनले भने, 'प्लेनका स्टाफले कार्गो जिकेर चेक गरेका छन्।'


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.