-->
पुननिर्माणमा संयुक्त राष्ट्रसंघको चासो, शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीलाई आग्रह गर्दा......

२० वैशाख, काठमाडौं।
संयुक्त राष्ट्रसंघका नायव महासचिव जान इलिएस्सनले नेपालको जटिल भौगोलिक अवस्थाका कारण भूकम्पपछिको पुनर्निर्माण चुनौतीपूर्ण रहेको बताएका छन् । नेपालको तीनदिने भ्रमणमा रहेका राष्ट्रसंघीय नायव महासचिव इलिएस्सनलले प्रधानमन्त्री केपी ओलीसँग आइतबार भएको भेटमा पुनर्निर्माणबारे चासो राखेका हुन ।
पुनर्निर्माणको कामलाई नेपालले चाँडै अघि बढाओस् भन्ने राष्ट्रसंघको चाहना रहेको त्यसमा सघाउन तयार रहेको पनि उनले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा जनताका अपेक्षा अनुसार पुनर्निर्माण अघि बढाउन यहाँको भौगोलिक अवस्थाका चुनौतीपूर्ण रहेको पनि उनले बताएका छन ।
प्रधानमन्त्री ओलीले भने सरकारले पुनर्निर्माणलाई तीव्र गतिमा अगाडि बढाउन लागेको बताएका छन् । प्रधानमन्त्री ओलीले संविधानमा भएको पहिलो संशोधनले असन्तुष्ट मधेसी दलका माग पूरा भइसकेको जानकारी दिँदै नेपालमा अहिले कुनै ठूलो राजनीतिक समस्या नरहेको पनि बताएका छन् ।
नायव महासचिव इलिएस्सनले मे २३-२४ मा टर्कीमा आयोजना हुने राष्ट्र संघीय मानवीय शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीलाई आग्रह गरेका छन । प्रधानमन्त्री ओलीले सम्मेलनमा आफू सहभागी नहुने बताउँदै परराष्ट्रमन्त्री कमल थापा सहभागी हुने जनाएका छन् ।
शनिबार काठमाडौं आएका नायब महासचिव इलिएस्सनले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग भेटी पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति चासो राखेका थिए।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.