साउदीमा ठूलो आर्थिक संकट आउने चेतावनी
दुइ वर्ष पहिले ज्याक स्राइबरले भविष्यवाणी गरेका थिए तेलको मूल्यमा ऐतिहासिक संकट आउने छ। सो भविष्यवाणी अहिले सत्य सावित भएको छ। अहिले तीनै ज्याकले साउदी अरेबियामा ठुलो आर्थिक संकट निम्तिने चेतावनी दिएका छन्।
पोइन्ट स्टेट क्यापिटलका सिइयो रहेका ज्याकले सो भविष्यवाणीकै कारण आफ्नै कम्पनीलाई १ बलियन डलरको मुनाफा समेत गराएका थिए।
ज्याकले भविष्यवाणी गर्दा तेलको मूल्य प्रति ब्यारेल १०० डलर थियो। गत फ्रेब्रुअरीमा तेलको मूल्य अहिलेसम्मकै सबैभन्दा कम, २६ डलर प्रतिब्यारेल पुग्यो। जुन तेलमा आधारित अर्थतन्त्र भएका साउदी अरेबिया झै देशहरुको टाउको दुखाइ बन्न पुगेको छ।
साउदी अरेबिया भने अर्थतन्त्र उकास्ने तर्फ उन्मुख भएको छ। अघिल्लो हप्ता मात्र साउदी अरेबियाले आफ्नो तेल मन्त्रीलाई बर्खास्त समेत गर्यो।
ज्याक विश्वास गर्छन् कि अवस्था अझै नाजुक बन्नेछ।
‘भित्तामा ठोक्किनु अघि साउदीसंग अझै दुइ वा तीन वर्ष छ’, ज्याक भन्छन्।
ठुलो लगानी गर्ने प्रतिबद्धता र सस्तो तेलको कारण सो विन्दुबाट साउदी संरचनागत रुपमै टाँट पल्टने ज्याक बताउँछन्।
साउदीलाई आफ्नो अर्थतन्त्र सुधार्न तेलको मूल्य प्रति ब्यारेल १०० डलर कायम गर्नुपर्ने देखिन्छ। साउदीले आफ्नो ३ करोड जनसङ्ख्यालाई भत्ता समेत दिदैँ आएको ज्याक बताउछँन। तेलको मूल्यमा आएको गिरावट संगै यो कार्यक्रम बन्द गर्न साउदी बाध्य हुने देखिन्छ।
साउदीले सेनामा गर्ने खर्चले मध्य पूर्वमा बढ्दै गएको तनाव, इरानसंगको बढ्दो दुश्मनी र नागरिक विरोधको खतरा झल्काउँछ। तेलको मूल्यमा गिरावट आएसंगै यो वर्ष साउदीले ३.६ प्रतिशतले सुरक्षा खर्च कटौती गरेको छ।
साउदी अरबको केन्द्रिय बैंकमा करिब ६०० मिलियल डलर मौजाद छ, जसले साउदीलाई आउँदो आर्थिक संकट विरुद्ध लड्न सहयोग गर्छ। तर सन् २०१४ देखि यो वर्षको फेब्रुअरीसम्म साउदीले १४० बिलियन डलर खर्च गरिसकेको छ। अन्तराष्ट्रिय मुद्रा कोषले हालै साउदी अरेबिया मुद्रासंकटबाट गुज्रने चेतावनी समेत दिएको छ।
यो संगै साउदी सत्ताको तेस्रो वरियतामा रहेका राजकुमार मोहम्मद बिन सलमानले सरकार नियन्त्रित तेल कम्पनी ‘साउदी अरामको’ को ५ प्रतिशत सेयर निजी क्षेत्रलाई बेच्ने बताएका छन्।
साउदीले गरेको यस्तो निर्णय आफ्नै भविष्यको लागि घातक हुने ज्याकको भनाइ छ।
अमेरिकी डलर बलियो हुने खतरा हुँदा तेल किन्नेले मंहगो मुल्य तिर्नुपर्ने खतरा समेत रहेको बताउँदै ज्याकले इलेक्ट्रिक कारको बढ्दो लोकप्रियताले भविष्यमा तेलको माग कम हुनसक्ने खतरा रहेको बताउँछन्।
यी सबै कारणले ज्याकले अमेरिकी डलर समय छदै किन्न मानिसहरुलाई सुझाव दिने गरेका छन्। यसरी अमेरिकी डलर किन्दा पछि डलरको भाउ बढे पनि बढेको मूल्यमा बेच्न सकिने र आर्थिक संकटसंग लड्न सहयोग हुने ज्याक बताउँछन्।


0 comments
प्रतिक्रिया दिनुहोस्...