-->
आइपिएल : सनराइजर्स हैदरावाद विजयी

वैशाख २९ – इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भयो ।
 हैदरावादले राइजिङ पुणे सुपरजाइन्ट्सलाई चार रनले हराएको हो । विशाखापट्नमा भएको खेलमा पुणेका एडम जाम्पाले चार ओभरमा १९ रन दिएर ६ विकेट लिए पनि टिमलाई हारबाट जोगाउन सकेनन् ।
 एक सय ३८ रनको लक्ष्य पछ्याएको पुणेले २० ओभरमा ८ विकेट गुमाएर एक सय ३३ रन मात्रै बनायो । पुणेका कप्तान महेन्द्र सिंह धोनीले २० बलमा ३० तथा जर्ज बेलीले ४० बलमा ३४ रन बनाए ।
 हैदरावादका आशिष नेहराले तीन विकेट लिए । पहिले ब्याटिङ गरेको हैदरावादले ८ विकेटको क्षतिमा एक सय ३७ रन बनायो । 
उसका लागि शिखर धवनले २७ बलमा ३३, केन विलियम्सनले ३७ बलमा ३२ तथा युवराज सिंहले २१ बलमा २३ रन बनाए । १० खेलबाट १४ अंक जोडेको हैदरावाद शीर्ष स्थानमा छ । ११ खेलबाट ६ अंक मात्रै जोडेको पुणे सातौं स्थानमा छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.