-->
सिसिटिभि क्यामेराको सहयोगमा बाईक चोरी गर्ने दुई पक्राउ


जेठ १६ 
इटहरी – इटहरीमा मोटरसाइकल चोरी गर्न गिरोह समुह मोरङ्गबाट पक्राउ परेका छन । माघ २२ गते इटहरी स्थित गोरखा डिपाटमेन्टल स्टोर अगाडीबाट नाटकीय रुपमा पल्सर बाईक चोरी गर्ने मोरङ्ग डाँगीहाट ९ बस्ने २८ बर्षिय सुरज चौधरी र २० बर्षिय सुरज चौधरीलाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको हो ।
गोरखा डिपाटमेन्टल स्टोल अगाडीबाट को २२ प ५२२ नंम्बरको निलो पल्सर चोरी गरी दुवैले को २१ प ७०१८ नंम्बरको नक्कली नम्बर प्लेट प्रयोग गरि चलाउँदै आएका थिए ।
दुवैको गोरखा डिपाटमेन्टल स्टोरको सिसिटिभी क्यामेरा हुलिया कैद भएको थियो । पक्राउ परेको दुवै जना इटहरीका अन्य स्थानमा पनि बाईक चोरीमा संलग्न भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेधराज थापाले बताए ।
सावधान ! इटहरीमा यसरी हुन्छ चोरी, हेर्नुहोस् चोरीको लाइभ भिडियो
पक्राउ परेका दुवैले बाईक चोरी गरेको प्रत्यक्ष १४ मिनेटको सिसिटिभी क्यामेराको दृश्य सामाजिक संञ्जालमा भाइरल बनेको थियो । जस कारण उनिहरुको पहिचान र चोरी गर्ने तरिका सार्वजनिक समेत भएको थियो ।
यस्तै बेलबारी प्रहरीले दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ । कालो र निलो पल्सर र हिरो ग्यालमर मोटरसाइकल पक्राउ परेकाहरुबाट बरामद गरिएको हो ।रातो पाटीबाट



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.