सरकार ढल्न लागेपछि बाबुराम देखिए अाेलीकाे पक्षमा, लेखे यस्ताे स्टाटस
काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले सरकार बनाउने र गिराउने नेपालका राजनीतिक शक्तिहरुको खेल पुरानै भएको बताएका छन् ।
एमाओवादीले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने औपचारिक निर्णय गरेपछि तरंगित बनेको नेपाली राजनीतिका विषयमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सत्ताको खेल पुरानै जानेको खेल भएको भन्दै यसमा आश्चर्य मान्नुपर्ने कुनै कुरा केही नभएको बताएका छन् ।
उनले सत्ताको फोहोरी खेलमा ‘राष्ट्रियता’ जस्तो पवित्र कुरालाई जोडिएको प्रति उनले असन्तुष्टि समेत जनाएका छन् ।
उनले ओली सरकार बनाउँदा पनि राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका लागि’ र गिराउँदा पनि सोही नारा दिएको भन्दै त्यसको आलोचना गरेका हुन् ।
उनले घुमाउरो भाषामा ओलीको पक्ष लिँदै आफ्नैले लडाउन खोजको समेत टिप्पणी गरेका छन् ।
उनले भोल्टेयरको भनाई उदृत गर्दै लेखेका छन्, ‘हे भगवान, मलाई मेरा मित्रहरुबाट बचाऊँ । मेरा दुश्मनहरुको मुकाविना गर्न म आफै सक्षम छु


0 comments
प्रतिक्रिया दिनुहोस्...