-->
पर्यटकिय क्षेत्रको विकासका लागि एमाले सधैँ लागि रहने: अध्यक्ष कुवँर


अछाम, १७ जेठ । अछाम जिल्लामा रहेका पर्यटकीय क्षेत्रहरुको प्रचार–प्रसार, विकास र प्रवद्र्वनका लागी नेकपा (एमाले) अछाम सदैव लागि रहने एमाले अछामका अध्यक्ष शेर वहादुर कुवँरले वताए ।

प्रेस चौतारी अछामले आइतवार मंगलसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । १४ जेठ देखि १४ सम्म एमाले अछामको २३ औ विस्तारित वैठक खप्तडमा सम्पन्न गरेको छ ।

वैठकमा के कस्ता निर्णय गरिए सो को वारेमा जानकारी लिन प्रेस चौतारी अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष कुँवरले निर्णय सार्वजनिक गरेका हुन् ।

वैठकले १६ वुँदे घोषणा पत्र जारी गरि खप्तडलाई नमुना क्षेत्र वनाउने, मध्ये पाहाडी लोकमार्ग अन्तरगत कर्णाली नदीमा निर्माण भएको पुलको उदघाटन गर्ने, खप्तडसँग सिमाना जोडिएका सवै जिल्लाका गाविसहरुमा सडक विस्तारका लागि सरकारलाई प्रस्ताव गर्ने, साँफेवगर र कमलवजार, विमान स्थल संचालनका लागि पहल गर्ने, खप्तडमा सञ्चार सेवा पु¥याउन पहल गर्ने उल्लेख रहेको छ ।

२०६३ सालमा खप्तड गाविस लगायत खप्तड क्षेत्रका वरिपरिका विभिन्न स्थानमा गएको वाढी पहिरो पिडीतका लागि राज्यले छुट्याएको बजेट उपलव्ध गराउन माग गर्ने लगायतका विषय समेटिएको अध्यक्ष कुँवरले जानकारी गराए ।

पूर्व सभाषद समेत रहेका कुँवरले यस जिल्लामा रहेका प्राकृतिले नै भरिपुर्ण पर्यटकिय क्षेत्र खप्तड, रामारोसन, वैद्यनाथ धाम, वान्नीगढी, पञ्चदेवल, त्रिवेणी, तितौडा लगाएतका थुप्रै पर्यटकीय स्थलहरुको प्रचार प्रसार, विकास र प्रर्वधन गर्न नेकपा एमाले मात्र नभई सम्पुर्ण राजनितिक दल, स्थानीय नागरिक, सरकारी तथा गैर सरकारी संघ संस्था र सरोकारवालाहरुले आ आफ्नो क्षेत्रवाट पहल गर्नुपर्ने वताए । कायक्र्रम प्रेस चौतारी अछामका उपाध्यक्ष कालु सिंह वोहराको अध्यक्षतामा सम्पन्न भएको हो ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.