महानगरभित्र २२ हजार भुस्याहा कुकुर !
काठमाडौं महानगरपालिकाले महानगरभित्र २१ हजार आठ सयभन्दा बढी भुस्याह कुकुर रहेको तथ्यांक सार्वजनिक गरेको छ ।
भुस्याहा कुकुर नियन्त्रण गर्ने उदेश्यले हृयुमन सोसाइटी इन्टरनेसनल र द जेन गुडल इन्स्टिच्युटको सहकार्यमा महानगरपालिकाले कुकुरको गणना गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
तथ्यांक अनुसार महानगरपालिकाभित्र भेटिएकामध्ये सात हजार चार सय ३१ वटा पोथी कुकुर रहेका छन् ।
जसम्ध्ये एक हजार नौ सय ६७ वटा पोथी कुकुर बच्चालाई दुध चुसाउँदै गरेको अवस्थामा छन् । बाँकी १४ हजार चार सय २५ भने भाले कुकुर छन् । तथ्यांकअनुसार एक सिजनमा पोथी कुकुरले १२ वटासम्म छाउरा जन्माउने क्षमता राख्दछ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...