प्रचण्डलाई ३ दिनभित्र अदालतमा हाजिर हुन आदेश
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डलाई सर्वोच्व अदालतले ३ दिनभित्र हाजिर हुन आदेश दिएको छ ।
अदालतको अवहेलना सम्बिन्ध मुद्धामा अदालतले प्रचण्डलाई यस्तो आदेश दिएको हो । सर्वोच्चकी कामु प्रधानन्याधीश सुशीला कार्कीको एकल इजलासले प्रचण्डलाई उपस्थित हुन आदेश दिएको हो ।
द्वन्द्वकालीन मुद्दामा आफ्नो पार्टीका नेताहरुलाई अदालतले फँसाउन खोजेको भन्ने दाहालको अभिव्यक्तिले अदालतको अवलेहना भएको भन्दै दिनेश त्रिपाठीले उनीविरुद्द जेठ ३ गते मुद्दा दायर गरेका थिए ।
अदालतको अवहेलना मुद्दामा १ वर्ष जेल र ५० हजार जरीवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...