-->
विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि मनाइँदै

२१ वैशाख, काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस ‘सूचनामा नागरिको पहुँच मौलिक हकको प्रत्याभूति’ नाराकासाथ नेपालमा पनि मनाइँदै छ । दिवसको अवसरमा नेपालमा पनि बिभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।
दिवसकै अवसर पारेर नेपालका श्रमजिवी पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको साधारण सभा आयोजना गरिएको छ । चितवनको सौराहामा आयोजित साधारणसभामा देशभरका पत्रकारहरु भेला भएका छन् ।
नेपालमा २०४६ सालपछि प्रेस स्वतन्त्रतालाई संवैधानिक रुपमा ग्यारेन्टी गरिएको छ । तर यसको पूर्ण रुपमा अनुभूति गर्न नसकेको पत्रकारहरु बताउँछन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.