-->
शनिबार बजेट पेस हुँदै

सरकारले आगामी आव २०७३/७४ को राजस्व र व्ययको अनुमान (बजेट) आगामी शनिबार सदनसमक्ष पेस गर्ने भएको छ । 
 
व्यवस्थापिका–संसद्को आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानअनुसार वार्षिक बजेट प्रस्तुत गर्न सदनसमक्ष गरेको अनुरोधलाई स्वीकार गर्दै सभामुख ओनसरी घर्तीले यही जेठ १५ गते अपराह्न ४ बजे पेस गर्ने गरी समय निर्धारण गरिएको जानकारी दिईन् । 
 
उनले बजेट प्रस्तुत हुने उक्त दिन सांसदहरुलाई ३.४५ बजेभित्रमा सदनमा उपस्थित भइसक्न पनि निर्देशन दिईन् । 
 
संविधानतः हरेक वर्ष सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्नेछ । यसअघि असारको अन्तिम साता बजेट प्रस्तुत हुँदै आएको थियो । रासस 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.