आइपिएल : पञ्जावले मुम्बईलाई ७ विकेटले हरायो
जेठ १ – इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा किंग्स इलाभेन पञ्जाव विजयी भएको छ ।
विशाखापट्नममा भएको खेलमा पञ्जावले मुम्बई इन्डियन्सलाई सात विकेटले हराएको हो । मुम्बईले प्रस्तुत गरेको एक सय २५ रनको लक्ष्य पञ्जावले १७ ओभरमा तीन विकेटको क्षतिमा भेट्टायो ।
पञ्जावका ऋद्धिमन साहले ४० बलमा ५६ तथा कप्तान मुरली विजयले ५२ बलमा नटआउट ५४ रन बनाए । मुम्बईका मिचेल म्याक्लेनाहामले दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेटको क्षतिमा एक सय २४ रन बनायो । उसका लागि किरोन पोलार्डले २७ तथा नितिश रानाले २५ रन बनाए ।
पञ्जावका मार्कस स्तोइनिसले चार विकेट लिए । १२ खेलबाट १२ अंक जोडेको मुम्बई पाँचौं तथा ११ खेलबाट ८ अंक जोडेको पञ्जाव सातौं स्थानमा छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...