-->
घरायसी विवादमा श्रीमतीको हत्या

बागलुङ,  । बागलुङको पाण्डवखानी–९ का २९ वर्षीया नवीनबहादुर पुनले आफ्नै श्रीमतीको हत्या गरेका छन् । रक्सी सेवन गरेका पुनले सामान्य घरायसी विवादमा ३३ वर्षीया श्रीमती गौतमी पुनको धारिलो हतियार प्रयोग गरी हत्या गरेको इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख खड्गनारायण शाहले जानकारी दिनुभयो ।

पुनले बिहीबार हँसियाले श्रीमतीको घाँटीमा प्रहार गरेका थिए । घाँटीमा गहिरो चोट लागेर गम्भीर घाइते हुनुभएकी पुनलाई उपचारका लागि हटिया ल्याउँदै गर्दा बाटोमै मुत्यु भएको जनाइएको छ । मदिरा सेवन गरेका बेला आवेशमा आई श्रीमतीलाई हतियार प्रहार गरेको नवीनले प्रहरीसामु स्वीकारेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.