-->
कोरियामा एक नेपाली राति १२ बजे सम्म फोनमा कुरा गरेर सुतेका बिहान सुतेकै ठाउँमा मृत्यु

काठमाडौं, ३१ वैशाख । कोरियामा पछिल्लो समय नेपालीहरु काम गर्न जाने क्रम बढ्दो छ | यसै कराममा त्यहाँ पुग्ने नेपालीहरु मानसिक तनावको कारण त कसैले पारिवारिक पिडाले गर्दा आत्महत्या गरेको खबर हामीले सुन्दै आएका छौ | हिजो मात्र कोरियामा आत्माहत्याको समाचारले दुखी बनाएका नेपालीहरुलाई आज विहानै अर्को दुख्द समाचारले पिडा माथि पिडा थपेको छ  । इपिएस प्रणालीबाट   दक्षिण कोरियामा काम गर्न आएका जय राईको सुतिरहेकै ठाउँमा अचनाक मृत्यु भएको शुक्रबार विहान थाहा भएको छ । सउलदेखि उत्तर तर्फ किम्फोस्थित सिएमसी कम्पनीमा कार्यरत राई विहिबार राती राम्रै सुतेको विहान अचानक मृत भेटिएको जानकारी पाइएको छ

 । राती १२ बजेसम्म फोनमा गफ गरेपछि सुतेका थिए । संधै विहान साढे  ६ बजे उठ्ने राई आज विहान ६ बजेर ४० मिनेट जादा पनि नउठेपछि उठाउदा चिसो र निलो भइसकेको संगै सुतेकाले  जानकारी गराए । राई  सोमबार तिर रुघा खोकी लागेको भन्दै ओभर टाइम काम नगरे पनि विहिबार भने रातको ८ बजेसम्म काम गरेर खाना खाई राम्रै सुतेका थिए । नेपाल पाँचथर घर भएका राई अविवाहित हुन् । उनी १ वर्ष अघि कोरिया काम गर्न आएका थिए । नेपाल दुतबासका श्रमसहचारीलाई घटनाबारे जानकारी गराइ सकेका छन् । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.