प्रधानमन्त्री विरुद्ध राजेन्द्र महतोको आक्रोश
‘मोर्चाको माग संविधान पुर्नलेखन होइन संसोधन’
काठमाडौँः सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्रीले पठाएको पत्र काम नलाग्ने दस्तावेज भएको आरोप लगाएका छन् ।
रिपोर्टस क्लब नेपालको साक्षात्कारमा बोल्दै महतोले प्रधानमन्त्रीले पठाएको पत्र दुई पानाको काम नलाग्ने दस्तावेज भएको बताए । महतोले भने, ‘प्रधानमन्त्रीले पठाएको दुई पानाको पत्र काम नलाग्ने दस्तावेज हो ।’
यो पत्र ‘खोदा पहाड निक्ला चुहियाँ भएको टिप्पणी महतोको छ ।
उनले भने,‘प्रधानमन्त्रीको पत्रले डिभाईड एण्ड रुल गर्दैन । मोर्चाको आफ्नो अस्तित्व छ । गठबन्धनको निर्माण हुँदैमा मोर्चा सकिएको छैन । मोर्चा लामो संघर्षबाट आएको हो । मोर्चा अहिले आन्दोलन गर्न मात्रै काठमाडौँ आएको हो ।’
उनले प्रधानमन्त्रीले पठाएको पत्रमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालेको उपयुक्त जवाफ दिने समेत जानकारी गराए ।
संघीय गठनबन्धनमा नेता महतोले संविधान पुर्नलेखनको नाममा फेरि अर्को संविधानसभा जन्माउने काम गर्न नहुने बताए ।
उनले भने, ‘संविधानमा जुनजुन धारामा गल्ती भएको छ त्यसलाई फेरि लेखेर संसोधन गर्ने भनेको हो । संविधान पुर्नलेखनको कुरा गरेर फेरि अर्को संविधानसभा जन्माउने कुरा हुँदैन । संविधानको पुर्नलेखन गर्ने कुरा हामीले गरेका छैनौँ ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...