-->
भारतबाट आएको पहेंलो आँप खान कति योग्य ?

बजारमा अहिले भारतीय आँप छ्यापछ्याप्ती पाइन्छ। स्वादै नहुने त्यस्तो आँपको रंग समेत प्राकृतिक छैन।
नेपाली आँपको सिजन सुरु हुनैलाग्दा बजारमा भेटिने औषधि हालेर पकाइएको आँप खान योग्य छ कि छैनरु फलफूल विज्ञ डा। टेकप्रसाद गोतामेका अनुसार भारतीय आँपमा स्वाद नहुनुको प्रमुख कारण अपरिपक्क आँप टिप्ने र विषादीको प्रयोग गरी पकाएर बजार पठाउने हुँदा आँपमा स्वाद हुँदैन।
भारतीय आँप अफ सिजनमा आउने र धेरै चाँडै नै बिग्रिने गरेको उनी बताउँछन्। प्राकृतिक रुपले पकाइने आँपमा सुगरको मात्र बढी हुन्छ। त्यस्तो आँप गुलियो र स्वादिष्ट हुन्छ। भारतीय आँप कलिलोमा नै टिप्ने र कृत्रिम तरिकाले पकाउने हुँदा पनि यसमा हुनुपर्ने सुगर गुलियोको मात्रा कम हुने भएकाले कम स्वादिष्ट हुने गोतामे बताउँछन्।
तर अहिले भारतबाट नेपाल आउने गरेको आँप पनि ‘ए ग्रेड’का हुने हो भने त्यसको स्वाद पनि मिठो नै हुन्छ। भारतबाट अहिले नेपाली बजारमा ‘बी’ तथा ‘सी ग्रेड’का आँप आइरहेको छ। त्यसैले पनि यसमा कम स्वाद छ।
यस्तो आँप खाँदा स्वास्थ्यमा नकारात्मक असर पार्ने डाक्टर बताउँछन्।
‘तपाईंहरुले गर्नुभएको ल्याब परीक्षणमा देखिएको विषादीको मात्रा नेपाल सरकारले तोकेको मापदण्डभन्दा कम रहे पनि यो धेरै नै हो,’ गोतामेले भने।
उनका अनुसार भारतबाट आउने आँप बजारमा आइपुग्न समय लाग्छ। एक सातासम्म बजारमा आइपुग्न समय लाग्दा पनि विषादीको मात्र २५ प्रतिशतसम्म देख्निु राम्रो हैन। कि भारतीय किसानहरुले टिप्ने समयमा विषादी प्रयोग गरेर नेपालमा पठाएको हुन पनि सक्छन्।
नेपाली व्यापारीहरुले नै पनि सुन्दर देखाउन विषादी प्रयोग गरेका हुन्न सक्छन्। त्यसैले २५ प्रतिशतसम्म विषादी देखिएको आँप खाँदा उपभोक्ता आफैंले सुरक्षित उपाय अपनाउनुपर्ने हुन्छ। बालबच्चा, बिरामीले सकेसम्म यस्तो विषादी प्रयोग भएको आँप खान नै नहुने र खाने मन लागेको अवस्थामा भने केही समय पोटास पानीमा राख्ने, चिसोपानी तथा फिजमा राख्ने, बोक्रा नखाने, दाग लागेको आँप नखाने कि एक रातसम्म नुनपानीमा राखेर मात्र प्रयोग गर्न पर्नेहुन्छ।
‘सकेसम्म यस्तो आँप नखानु नै उपयुक्त हो,’ उनले भने।
अहिले बजारमा पाइने भारतीय आँप मानव स्वास्थ्यको लागि हानिकारक रहेको चिकित्सक बताउँछन्। अझ बालबालिका, बृद्धबृद्धा, गर्भवती महिला र बिरामीका लागि यस्तो आँप झन् घातक रहेको गोतामे बताउँछन्।
उनका अनुसार नेपालमा पाइने लोकल जातका आँप विशेष गुण भएका छन्। नेपालमा पाइने आँपमा रोग कमलाग्ने अवरोधकहरु बढी मात्रामा रहेको हुन्छन्। स्वादिष्ट पनि हुन्छन्। उत्पादन भने कमी हुन्छ। साना दाना हुने तर रुख भने ठूला हुन्छन्। रुख ठूला हुने र प्रतिहेक्टर कम बोट भए पनि औसतमा फल भने धेरै हुन्छ।
नेपालमा पाइने आँपमा कीरा तथा रोग कमलाग्ने र विषादी बढी प्रयोग गर्न नपर्ने र कम गरे पनि हुने गोतामेको भनाइ छ। धेरै समयसम्म नबिग्रने तर रेशा भने बढी हुन्छ। नेपाली आँप प्रशोधित रसहरु बनाउने भने नसकिने हुन्छ। रुख ठूला हुने हुँदा व्यवस्थापन गर्न र टिप्न असहज जस्ता समस्या रहे पनि भारतीय बजारबाट आयात गरिने आँपको तुलनामा शतप्रतिशत नै स्वादिष्ट र गुलियो हुन्छ। नेपाली लोकल आँप समुन्द्रि सतहदेखि १ हजार मिटरसम्म फल्छ। चिसो हावापानीले गर्दा पछौटे, मध्यम र पहाडी क्षेत्रमा समेत आँपको खेती गरिने गोतामे बताउँछन्।
यसैबीच सेतोपाटीले बजारमा पाइने भारतीय आँपमा विषादीको अवस्था बारेमा जेठ १० गते ल्याब परीक्षण गर्न कालीमाटी तरकारी बजारमा पठाएको थियो। परीक्षणको क्रममा नेपाल सरकारले तोकेको मापदण्डभन्दा बढी भने फेला परेन। नेपालमा बिक्री वितरण हुने तरकारी तथा फलफूलमा प्रयोग हुने विषादीको परीक्षण बाली निर्देशनालयको मताहतमा रहेर कालीमाटी तरकारी बजारमा रहेको ईकाईले गरिरहेको छ।
ईकाईले तरकारी तथा फलफूलमा प्रयोग हुने थरीथरीको विषादी भए पनि दुई प्रकारको मात्र परीक्षण गर्ने गरको छ। ईकाईले तरकारीमा प्रयोग हुने कार्वामेट्स र अर्गानो फस्फेट्सको मात्र परीक्षण गरिरहेको छ। यसको परीक्षणमा कुनै पनि तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा बढी हुन नपर्ने भनी मापदण्ड निर्धारण गरको छ।
३५ देखि ४६ प्रतिशतसम्म फेला परेको त्यसलाई केही समय कुरेर प्रयोग गर्न मिल्ने र अन्यथा ४५ प्रतिशतभन्दा बढी देखिएको अवस्थामा भने नष्ट गर्न पर्ने मापदण्ड निर्धारण गरेको छ। २०७१ साल असार ४ गतेबाट सुरु भएको परीक्षणमा पहिले(पहिले केही मात्रमा केही समय कुर्नपर्ने तथा बढी विषादी प्रयोग भई उपभोग गर्न नमिल्ने अवस्थामा विषादी प्रयोग भएको फेला परे पनि पछिल्ला एक वर्ष जति भने यस्तो कुनै विषादीको प्रयोग बढी नदेखिएको ईकाईले जनाएको छ।
आँपको नमुना बानेश्वरको गौतम फ्रुट एण्ड जुस सेन्टर, बी। एण्ड बी। फल एण्ड फुड सेन्डर थापाथली, प्रिति फ्रुड सेन्टर र फ्रेस फुड सेन्टर झम्सिखेलबाट पाँचवटा नमूना संकलन भएको थियो। नमूना परीक्षणमा भारतबाट आयात गरिने बैगनफली र गुलाफी आँप रहेको थियो। परीक्षणको क्रममा झम्सिखेलबाट लिएको आँपमा कार्वामेट्स १५.५०६ प्रतिशत र अर्गानो फस्फेट्सको मात्रा २१.३७१ प्रतिशत फेला परेको छ। त्यस्तै, कालीमाटीमा संकलन गरको आँपमा कार्वामेट्स ११।१०३ प्रतिशत र अर्गानो फस्फेट्सको मात्रा २१. ३७१ प्रतिशत फेला परेको छ।
साथै, बानेश्वरबाट लिएको नमूना आँप परीक्षणमा कार्वामेट्स १२.४५० प्रतिशत र अर्गानो फस्फेट्सको मात्रा २५. ०४१ प्रतिशत फेला परेको हो। त्यस्तै, थापाथलीबाट लिएको नमूनामा भने कार्वामेट्स १३. ३८३ प्रतिशत र अर्गानो फस्फेट्सको मात्रा २४. ६८२ प्रतिशत फेला परेको छ। यसरी फेला परेको विषादीको मात्रा नेपाल सकारकाले तोकेको भन्दा १० देखि २० प्रतिशतले कमी हो।
ईकाईले परीक्षणमा विषादी कमी देखिनुलाई पनि विभिन्न रुपले परिभाषित गरेको छ। ल्याबमा परीक्षण हुनेभन्दा अन्य प्रकारको विषादी प्रयोग भएको हुनसक्ने, कि किसानमा नै चेतना आएको हुनुपर्ने कि त विषादी प्रयोग गरेपछि तरकारी, फलफूल टिप्ने समयमा केही कुर्ने तथा बजारमा आउन लामोसमय लाग्नु हुनसक्ने पनि जनाएको छ।
अब सरकारले यी दुईथरीको विषादी परीक्षणमा मात्र सीमित न


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.