-->
आफ्नै श्रीमती र छोरीको हत्या

पोखरा, जेठ १४ । कास्कीको पोखरामा एक व्यक्तिले आफ्नी श्रीमती र छोरीको हत्या गरेका छन् ।



पोखरा उपमहानगरपालिका–१४ रातोडाँडाका बिमल पुनले श्रीमती नरमाया र छोरी पूर्णिमा पुनको हत्या गरेका हुन् ।

शुक्रबार दिउँसो घरमा बसिरहेका बेला पुनले श्रीमती र छोरीको हत्या गरेको प्रहरीले जनाएको छ 

हत्याको कारण खुल्न सकेको छैन । पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका पुनले आफूले श्रीमती र छोरीको हत्या गरेको स्वीकारेका छन् ।

घटनाको विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.