ओलीको प्रस्ताव प्रचण्डद्धारा ठाडै अस्वीकार, लाजिम्पाटबाट बामदेव रित्तो हात फर्किए
काठमाडौं, २३ वैशाख । सरकार परिवर्तनबारे प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठाडै अस्वीकार गरेका छन् ।
एमाओवादीका एक नेताका अनुसार प्रधानमन्त्री ओलीको सन्देश लिएर एमाले उपाध्यक्ष वामदेव गौतम आज विहानै प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । त्यहाँ पुगेर उनले नीति तथा कार्यक्रम र बजेट ल्याउने दिनसम्म कुर्न गरेको आग्रहलाई प्रचण्डले ठाडै अस्वीकार गरेका थिए ।
त्यसक्रममा प्रचण्डले आफूहरु कांग्रेससहित राष्ट्रिय सहमतिको सरकारको दिशामा अघि बढिसकेकाले सहयोग गर्न उल्टै एमालेलाई आग्रह गरेका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...