कांग्रेस– एमाओवादी बैठक असफल, दाहाल पछि हटे
सभापति शेरबहादुर देउवा र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच राजधानीमा आज भएको वार्ता असफल भएको छ ।
वर्तमान सरकार ढाल्ने र दाहालको नेतृत्वमा नयाँ सरकार बनाउने कांग्रेसको प्रस्तावमा दाहाल सहमत नभएपछि वार्ता असफल भएको हो । वार्तामा सहभागी कांग्रेस नेता रमेश लेखकले सहमति बन्न नसकेको बताए ।
‘उहाँले अलि हतार हतारमा सबै कुरा भयो, सबै साथीहरुलाई मनाउन सकिएन भन्नु भयो,’ लेखकले भने ।
हिजो बसेको एमाओवादीको पदाधिकारी र स्थायी समितिले दाहाललाई प्रधानमन्त्री बनाउने निर्णय गरेको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...