-->
५ वर्षमा ५० प्रतिशत महंगियो डलर

काठमाडौं–पछिल्ला ५ वर्षमा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ झण्डै ५० प्रतिशतले सस्तिएको छ ।
ठीक ५ वर्षअघि सन् २०११ को मे १ मा नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी मुद्राको सटही दर ७१ रुपैयाँ २५ पैसा थियो ।
बुधबार यो १ सय ६ रुपैयाँ ८६ पैसा पुगेको छ ।
गत आइतबार (१ मे २०१६) मा यो १ सय ६ रुपैयाँ ७१ पैसा थियो ।
यसबीच गत फागुन १६ (फेब्रुअरी २८) मा अमेरिकी मुद्राको विनमयदर १ सय १० रुपैयाँ २८ पैसाको कीर्तिमानी उचाइमा पुगेको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.