
पेटरोग सम्बन्धी तमाम समस्याहरू सजिलै र समयमै निदान नहुँदा वा पत्ता नलाग्दा सम्बन्धित बिरामीहरू मात्रै नभएर चिकित्सकहरू समेत हैरान हुनुपर्ने बाध्यता विद्यमान छ । यस अवस्थामा इण्डोस्कोपिक अल्ट्रासाउण्ड प्रविधिका कारण पाचन प्रणालीभित्र र बाहिरका अङ्गहरूमा हुने असामान्य घाउ, खटिरा (रोग)हरू पत्ता लगाउने चमत्कारीक तरिका चिकित्सकहरूले प्राप्त गरेका छन् । यसले पेटरोग विशेषज्ञहरू (ग्यास्ट्रोइन्टेरोलोजिष्ट) लाई बिरामीको पाचन संयन्त्र भित्रका गाँठा गुठी (लिम्फ नोड्स), फोक्सो, अग्नाशय (प्यान्क्रियाज) र कलेजो जस्ता अङ्ग–प्रत्यङ्गहरूको अवस्था, तिनमा भएका असामान्य गडबडी आदि पत्ता लगाउने एउटा नयाँ सम्भाव्यताको उजागर गरेको छ ।
उक्त कार्यशाला नर्भिकका वरिष्ठ चिकित्सक एवम् पेटरोग विशेषज्ञ डा. मधु घिमिरेको निर्देशनमा आयोजित थियो भने कार्यशालामा दिल्लीस्थित वि.एल.के. सुपर स्पेशियालिटी हस्पिटलका पेट तथा कलेजो रोग विशेषज्ञ तथा निर्देशक डा. योगेश वात्रा आमन्त्रित अतिथिका रुपमा सहभागी थिए ।
प्रत्यक्ष प्रसारण सहितको उक्त कार्यशालामा इण्डोस्कोपिक अल्ट्रासाउण्ड विधिबाट उपचार प्राप्त गर्ने ७ जना जटिल बिरामीहरूको निदानात्मक एवम् उपचारात्मक इण्डोस्कोपिक अल्ट्रासाउण्ड गरिएको थियो । ७ बिरामीहरू मध्ये अधिकांशको पेटको रोग निदान हुन नसकेको, प्यान्क्रियाटोविलियरी प्रणालीमा अर्बुद रोग भएको अनुमान गरिएका बिरामीहरू थिए । ७ मध्ये १ जनाको शल्यक्रियात्मक उपचार समेत सम्भव नहुने अवस्था, २ जनाको शल्यक्रियात्मक विधिबाट उपचार सम्भव हुने अवस्था पाइएको थियो भने बाँकी औषधोपचारबाटै ठीक पार्न सकिने अवस्थामा पाइएका थिए ।
ती सबै बिरामीहरू लामो समयसम्म रोग पत्ता लाग्न नसकी अन्यौलको अवस्थामा रोगबाट पीडित रहँदै आएका थिए । इण्डोस्कोपिक अल्ट्रासाउण्ड पश्चात् तिनको रोगको यकिन निदान भई उपचारका विधि अपनाउन सजिलो भएको छ ।
सबै बिरामीहरूको बायोप्सी परीक्षण गर्न नमूना लिइएको र बायोप्सी पछि रोगबारे यकिन गर्न झनै सजिलो पर्ने सो अवसरमा बताइयो ।
बिरामीको रोगको प्रकृति हेर्दा, तिनको एफ.एन.ए.सी. परीक्षण गराउन अधिकांशमा एक भन्दा बढी निडिल (सुई) को प्रयोग हुँदा उनीहरूलाई झण्डै १ लाख बराबरको खर्च लाग्ने हुन्थ्यो भने ती सबैमा उक्त प्रक्रिया निःशुल्क गरिएको थियो । साथै कार्यशालामा सहभागी चिकित्सकको नाम दर्ता र सहभागीता शुल्क समेत लिइएको थिएन ।
कार्यक्रम अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको नर्भिकका पेट तथा कलेजो रोग विशेषज्ञ डा. सन्दीपराज कुँवरले बताए । इण्डोस्कोपिक अल्ट्रासाउण्ड प्रविधिको सीप र ज्ञान नपाएका पेटरोग विशेषज्ञहरूलाई यो कार्यशालाले अत्यन्तै लाभ पु¥याएको ठहर डा. कुँवरको थियो ।
यस्ता चिकित्सकीय कार्यशालाहरू भविष्यमा पनि सुचारु गरिने छ, जसले बिरामीहरूलाई मात्रै नभएर चिकित्सकलाई पनि भगमग्दुर फाइदा पु¥याउने छ ।
कार्यशालाका निर्देशक एवम् अतिथिका विशिष्ट योगदानबारे चर्चा गर्दै उहाँहरूको परिचयात्मक प्रस्तुती समेत डा. सन्दीप राज कुँवरले गरेका थिए ।
इन्डोस्कोपिक अल्ट्रासाउण्ड के हो ?
सर्वसाधारणको जानकारीका लागि सामान्य भाषामा भन्नुपर्दा इन्डोस्कोपिक अल्ट्रासाउण्ड भन्नाले एउटा पाइप (नली) आकारको इण्डोस्कोपसँग जोडिएर रहेको भिडियो एक्स–रेलाई बुझ्नु पर्दछ । भिडियो एक्स–रे भन्नाले उच्च आवृत्ति (हाई फ्रिक्वेन्सी) भएका ध्वनिका तरङ्ग सहितको तस्विर (चित्र÷फोटो खिच्ने) लिने प्रविधि हो, जसले पेटभित्रका विभिन्न अङ्ग–प्रत्यङ्गहरूको बनावट र अवस्थाबारे स्पष्टरुपमा हेर्न चिकित्सकलाई मद्दत गर्दछ । इण्डोस्कोपी भन्नाले चाहिँ एउटा त्यस्तो प्रविधि, जसमा पाइपको टुप्पोमा बत्ती जडान गरिएको अन्दाजी १ मिटर लामो नरम ट्युब (पाइप) बिरामीको मुखबाट भित्र पठाई खाद्यनली, आमाशय (पेट) र डयुडेनम (सानो आन्द्रा) सम्म पु¥याएर तत्सम्बन्धित आन्तरिक अङ्गहरूको घाउ÷रोग आदि हेर्ने काम गरिन्छ ।
इन्डोस्कोपिक अल्ट्रासाउण्डमा इण्डोस्कोप नामक पाइपसँगै जोडिएको भिडियो एक्स–रे खिच्ने मेसिन (अल्ट्रासाउण्ड) ले पेटरोग विशेषज्ञलाई पाचन प्रणालीभित्र रहेका अङ्गहरू, तिनका वरिपरिका वनावट वा (विकृति) आदि स्पष्ट र सुक्ष्मरुपमा हेर्न सकिने हुँदा देखिने ती चित्रहरूलाई सी.टी. स्क्यान वा एम.आर.आई. स्क्यानसँग दाँज्न र धेरै अवस्थाहरूमा ती भन्दा पनि राम्रो गुणस्तरमा पाउन सकिने हुन्छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...