-->
यसरी हुन्छ ब्लड ग्रुपको विभाजन

slide_70मूह एबी हो भने तपाईको रगत अद्धितीय हो । किनकी तपाईको रगत एउटा दुर्लभ समूहको रगतमा पर्छ ।  एबी रक्त समूह संसारका थोरै मानिसको मात्र हुन्छ । किन थोरै मानिसको मात्र यस्तो रगत हुन्छ ?

‘जीन अर्थात वंशाणुगत आधारमा मानिसको रक्त समूह (ब्लड ग्रुप) प्राप्त हुन्छ,’ अमेरिकन सोसाईटी अफ हेमाटोलोजिस्ट एट बोस्टन चिल्ड्रेन हस्पिटलका डा एन्डडा लेस्ली सिलबरिस्टन भन्छन्, ‘रगत समूहको जीनले एउटा प्रोटिनलाई इन्कोड गर्छ जुन रक्त कोषिकाको सतहमा प्रकट हुन्छ र सोही आधारमा प्रयोगशालामा हामीले पहिचान गर्छौं ।

सम्पूर्ण रगतमा राता र सेता रक्त कोषिका, प्लेटलेट्स र प्लाज्मा हुन्छ । बोनम्यारोमा निर्माण हुने रक्त कोष सेलले शरिरभर अक्सिजन प्रवाह गर्छ । हरेक दुई वा तीन थोप रगतमा १० लाख रक्त कोषिकाहरु रहन्छन् । रातो कोषिकाले रगत जम्नबाट बचाउछ भने सेतो कोषिकाले रोगहरुबाट  शरिरलाई जोगाउछ । हरेक ६ सय रक्त कोषिकमा ४० प्लेटलेट्स हुन्छ ।

रातो रगत कोषिकाको सतहमा कार्बोहाइड्रेड मिसिएका प्रोटिन हुन्छ । ती प्रोटिनले सुक्षम संकेत हुन्छ जसलाई एन्टिजेन्स भनिन्छ । यो एन्टिजेन्सलाई आठ ओटा आधारभूत रगत समूहमा बिभाजन गर्न सकिन्छ ।  ए, बी, एबी र ओ । यी सबै पोजेटिभ वा नेगेटिभ हुन सक्छन् ।

रक्त समूह एको अर्थ तपाईमा कम्तिमा एउटा रगत समूह ए जीन रहेको छ जसको परिणामस्वरुप तपाईको रगतले एउटा यस्तो इन्जाईम देखाउछ जसमा प्रोटिनका लागि वेग्लै सुगर हुन्छ ।

त्यसैगरी बी रगत समूहमा केबल बी एन्टिजेन, एबी समूहमा दुबै र ओ समूहको ए वा बी कुनै पनि हुदैन । यी रगत समूह रगत परीक्षणका क्रममा निकै महत्वपूर्ण मानिन्छ ।

आफूलाई नमिल्ने रगत लिएमा एउटा खतरनाक प्रतिकृया आउछ । उनीहरुको रोग प्रतिरोधात्मक प्रणालीले रक्त कोषीका तहमा अपरिचित एन्टिजेन (शरिरमा प्रतिरोधी क्षमता बढाउने तत्व) लाई पहिचान गर्ने र आक्रमण गर्छ । तसर्थ रक्त समूह बी भएको बिरामीलाई रक्त समूह ए को रगत दिदा तपाईको शरिरले नयाँ अतिक्रमणलाई नष्ट गर्न प्रतिरोधी क्षमतालाई बृद्धि गर्छ ।

स्टाडर्फोड स्कुल अफ मेडिसियनका अनुसार ओ पोजेटिभ रगत समुहका मानिसको प्रतिशत सबैभन्दा बढी ३७ दशमलब ४ छन भने ए पोजेटिभ हुने ३५ दशमलब ७ प्रतिशत रहेका छन् । त्यस्तै, बी पोजेटिभ ८ दशमलब ५ प्रतिशत, ओ नेगेटिभ ६ दशमलब ६ प्रतिशत, ए नेगेटिभ ६ दशमलब ३, एबी पोजेटिभ ३ दशमलब ४, बी नेगेटिभ १ दशमलब ५ र एबी नेगेटिभ ०दशमलब ६ प्रतिशत रहेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.