-->
कुन देशका मानिसहरु सबैभन्दा बढी रक्सी पिउँछन् त ?

विश्वमा सबैभन्दा धेरै रक्सी कुन देशका मानिसहरुले पिउँछन् ? यो अत्याधिक चासोको विषय हो । नेपालीहरु कहिलेकाँही सम्झिन्छन् नेपालबाहेक अन्य कुनै त्यस्तो राष्ट्रहरु छैन जहाँ बढी रक्सी खान्छन् ।

 

तर हेलो ट्राभलले गरेको एक अध्ययनले विश्वमा सबैभन्दा धेरै रक्सी पिउने राष्ट्रहरुको सुची निकालेको छ । आउनुहोस हेरौ कुन कुन राष्ट्रहरुमा सबैभन्दा धेरै रक्सी पिउँदा रहेछन् त


१. बेलारुस

 


रक्सी पिउने राष्ट्रहरुमा बेलारुस पहिलो स्थानमा रहेको छ । एक वर्षमा एकजना व्यक्तिले सरदरमा १४.३७ लिटर पिउने गर्छन् । बेलारुसको राष्ट्रिय पिय पदार्थ क्रामबामबुला हो । यहाँका १७ प्रतिशत मानिसहरु बियर, ५ प्रतिशत वाइन, ४७ प्रतिशत स्पिरिट र अन्यमा ३१ प्रतिशत पिउने गर्छन् । अनुपातमा २७.५ प्रतिशत लिटर रक्सी महिलाले पिउँछन् भने ९.१ प्रतिशत महिलाले उपभोग गर्छन् ।


२. एण्डोरा


एण्डोरा दोस्रो स्थानमा रहेको छ । एक जना व्यक्तिले वार्षिक सरदरमा १३.३१ लिटर रक्सी पिउने गर्छन् । राष्ट्रिय पेय पदार्थ भने वाइन रहेको छ । ४५ प्रतिशत मानिसहरु वाइन पिउने गर्छन् ।

 

३५ प्रतिशतले बियर, २० प्रतिशतले स्पिरिट पिउने गर्छन् । अनुपातमा १९.५ लिटर पुरुष र ८.२ प्रतिशत महिलाले रक्सी उपभोग गर्छन् ।


३. लिथुयानीया

धेरै रक्सी पिउने मानिसहरुको सुचीमा लिथुयानिया । यो देशको एक जना व्यक्तिले एकवर्षमा सरदरमा १२.९ लिटर रक्सी पिउने गर्छन् । यहाँको राष्ट्रिय पिय पदार्थ मिडुस मिड रहेको छ ।

 

४६ प्रतिशतले बियर, ३४ प्रतिशतले स्पिरिट, १२ प्रतिशते अन्य र ८ प्रतिशतले वाइन पिउने गर्छन् । अनुपातमा २४.४ लिटर प्रत्येक पुरुषले र ७.९ लिटर प्रत्येक महिलाले रक्सी पिउने गर्छन् ।


४. चेक रिपब्लिक


चौथो स्थानमा रहेको चेकमा एक व्यक्तिले वार्षिक १२.६९ लिटर रक्सी सरदरमा पिउने गर्छन् । यहाँको राष्ट्रिय पिय पदार्थ बेचररोभका हो । ५४ प्रतिशतले बियर, २६ प्रतिशतले स्पिरिट, २० प्रतिशतले वाइन पिउने गर्छन् ।

 

अनुपातमा हेर्ने हो भने १८.६ लिटर पुरुषले र ७.८ लिटर महिलाले रक्सी उपभोग गर्छन् ।


५. ग्रिनाडा

 


पाँचौ स्थानमा रहेको ग्रिनाडामा एक वर्षमा एक व्यक्तिले सरदरमा १२.४ लिटर रक्सी पिउने गर्छन् । यहाँ राष्ट्रिय पेय पदार्थ रम हो । ३० प्रतिशतले बियर, ६६ प्रतिशतले स्पिरिट र ४ प्रतिशतले वाइन पिउने गर्छन् ।अनुपातमा हेर्ने हो भने १७.९ लिटर पुरुषले र ७.३ लिटर महिलाले रक्सी उपभोग गर्छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.