-->
काठमाडौंमा केबलकार चलाउन फ्रान्स इच्छुक

काठमाडौं: फ्रान्सले काठमाडौं उपत्यकाभित्र सहरी केबलकार सञ्चालन परियोजनासम्बन्धी एक सम्भाव्यता अध्ययन प्रतिवेदन सोमबार नेपाल सरकारसमक्ष पेस गरेको छ ।
 
प्रतिवेदन नेपालका लागि फ्रान्सेली राजदूत यभ्स कार्मोनाले भौतिक योजना तथा निर्माण मन्त्रालयलाई बुझाएका हुन् । फ्रान्सेली दूतावासद्वारा जारी विज्ञप्तिअनुसार ग्रिन इनर्जीबाट सञ्चालन गर्न सकिने भएकाले सहरी केबलकार मोनोरेल वा मेट्रो रेलभन्दा भरपर्दो, द्रुत निर्माण गर्न सकिने उत्तम खालको रहेको सम्भाव्यता अध्ययनले देखाएको छ ।
 
काठमाडौं उपत्यकाका लगनखेल-जमल, टंकेश्वर-गोंगबु बसपार्क, कलंकी-रत्नपार्क र बौद्धनाथ-विष्णुमतीमा चार लाइनका केबलकार सञ्जाल निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । 
 
नेपालका केही व्यवसायी तथा फ्रेन्च लगानीकर्ताले पब्लिक प्राइभेट पार्टनरसिप मोडेलमा काठमाडौंमा केबलकार परियोजना निर्माण गर्न इच्छा देखाएको दूतावासले जनाएको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.