-->
जातिय विभेद गरे पछि पिडकले मागे सार्वजनिक स्थानमा माफि

जातिय विभेद गरे पछि पिडकले मागे सार्वजनिक स्थानमा माफि
       पुनर्वास कञ्चनपुरको वाईसिविचवा गा.वि.स.मा दलितलाई जातीय विभेद गरे पछि पीडकले सार्वजनिक स्थलमा माफि मागेका छन् ।
गत आईतबार कञ्चनपुरको डोकेबजारमा छाप्रो पसल व्यवसाय संचालन गरिरहेकी मनिषा सार्कीको पसलमा एक भारत जान लागेको बटुवा पानी किन्न उनको पसलमा छिरेका थिए । बोतल बन्द पानी खरिद गरिसके पछि अन्य सामान किन्न नजिकैको पूर्णिमाया पोखरेलको पसलमा जाँदा यो दलितको पसलमा पानी किन किनेको । यो पानी अशुद्ध भयो भने पछि बटुवा फर्केर सार्कीको पसलमा आएर सबैकुरा बताए पछि विवाद चर्किएको हो ।
विवाद परेको थाहा पाए पछि पूर्णिमायाको छोरा मोहन पोखरेल आएर गल्ती महशुस गर्नुका सट्टा ‘सार्कीलाई सार्की नभनेर के बाहुन भन्ने । अछूत अछूत नै हो तिमीहरुले जे गर्न सक्छौं गर भनेर थुके पछि विवादले उग्ररुप लिएको हो’ पीडित मनिषाले बताईन् । 
पीडित गत सोमबार उजुरी हाल्न सिधै जिल्ला प्रहरी कार्यालय, महेन्द्रनगर पुगेका थिए त्सपछि जिल्ला प्रहरी कार्यालयले सम्बन्धित ईलाका प्रहरीमा जाहेरी दिनु भन्दै फर्काए पछि हामीले ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा निवेदन दर्ता गरेका हौं । पीडित सार्कीले बताईन् ।
प्रहरीमा दुबै पक्षलाई बोलाई छलफल गराएपछि जातीय विभेद गर्ने दोषीलाई हदैसम्म कारवाही गराउने र पीडितलाई कानूनी उपचार सहयोग पुर्याउन दलित गैर सरकारी संस्था महासंघका केन्द्रिय सदस्य सुरेश गजुरेलले नेतृत्व गरेका थिए ।
देश लोकतान्त्रिक गणतन्त्र संस्थागत भई सकेको छ । नयाँ संविधान पनि लागू भईसकेको छ । बारम्बार छुवाछूत मुक्त राष्ट घोषणा भई सक्दा पनि यस्ता तुच्छ व्यवहार गरिनु क्षमा योग्य गल्ती कथापि हैन् । छूवाछूत समस्या दलितको मात्रै हैन यो सिंगो समाज र राष्ट्र« समस्या हो जब सम्म यसलाई सबै मिलेर निर्मूल पार्न सकिदैन तब सम्म समतामूलक समाज र राष्ट्र« निमार्ण हुन सक्दैन केन्द्रिय सदस्य गजुरेलले बताउनु भयो ।
घटनामा सम्बन्धित पानी खरिद गर्ने व्यक्ति आफुले नचिनेको र भारत गईसकेको, पीडितले गल्ती गरेको महशुस गरिसकेको हुँदा आज पिडक पूर्णिमाया पोखरेल र मोहन पोखरेल ले सोहि घटना घटाएको चोकमा आम भेला राखी सार्वजनिक रुपमा पीडकले आफुबाट ठूलो गल्ती भएको अब देखि यस्ता कार्य नगर्ने भन्दै हात जोडेर माफि मागेका थिए । 
छर छिमेकमा भोलि पनि मिलेर बस्नु पर्ने हुन्छ, उनीहरुले गल्ती महशुस गरे एक पटकलाई माफि दिए पीडित मनिषा सार्कीले बताईन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.