धनगढीमा एम्युजमेन्ट पार्कसहित रिसोर्ट संचालनमा आउँदै,रेन डान्सदेखि समुन्द्रको छालसम्म
धनगढीमा एम्युजमेन्ट पार्कसहित रिर्सोट संचालनमा आउँदै, रेन डान्सदेखि समुन्द्रको छालसम्म
धनगढी | भारतीय पर्यटकलार्इ लक्षित गर्दै धनगढीमा पाँच करोडको लगानीमा रिर्सोटसहितको एम्युजमेन्ट पार्क संचालनमा आउने भएको छ । अत्तरिया नगरपालिकाको राजपूरमा आठ महिनापछि रिर्सोटसहितको पार्क संचालनमा आउनेछ ।
कम्पनीका संचालक दिनेश भण्डारीका अनुसार आठ महिनाभित्रै रिर्सोटसहित एम्युजमेन्ट पार्क संचालनमा ल्याउन तीब्र गतिमा निर्माणको काम अघि बढाइएको छ । भण्डारी कैलाली उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एंव साथी होटलका सञ्चालक हुन् । यो एम्युजमेन्ट पार्कमा मर्यादा सिंह, तुलना पन्त, नारायणी जोशी र हिरा भण्डारी संचालक छन् ।
हामीले काठमाडौ बाहिरको सबैभन्दा ठूलो र राम्रो पार्क बनाउने लक्ष्य लिएका छौ, उनले टेलिफोनमा बिजमाण्डूसँग भने, यो एम्युजमेन्ट पार्कमा धेरै खेल्ने साधनहरु ल्याउनेछौ । उनले भारतीय पर्यटकका लागि र स्वदेशमै पनि रिक्रिएसनको लागि ठाउँ नभएको देखेर एम्युजमेन्ट पार्क स्थापना गर्न लागेको बताए । पाँच कठ्ठामा स्लार्इडर, टनेल, वेभ पुल हुनेछ । यो वेभ पुल तीन/ चार कठ्ठामा हुनेछ । भण्डारीका अनुसार यो वेभ पुलमा समुन्द्रको आनन्द लिन सकिनेछ ।
'यसमा समुन्द्रको जस्तो छाल आउँछ । यहाँ आउनेले समुन्द्रको आनन्द लिन सक्नेछन्, उनले भने । यो पार्कभित्रै रेन डान्स समेत हुनेछ । पानीको फोहोरा अनुसार नाच्ने समेत हुने उनले बताए । यो भारतमा संचालनमा आएका एम्युजमेन्ट पार्कको अबधारणामा संचालनमा ल्याउन खोजिएको हो ।
भारतको बेंग्लोरमा समेत वन्डेरेला र हैदरावादमा संचालनमा आइसकेका छन् । यही अबधारणामा रेन डान्स, वेभपुल लगायत राखेर धनगढीमा यो एम्युजमेन्ट पार्क संचालनमा ल्याउन लागिएको हो ।
भण्डारीका अनुसार त्यही पार्कभित्र बच्चाका लागि रेसिङ कार लगायतका खेल्ने सामाग्री समेत रहनेछन् । धनगढी क्षेत्रका चार होटल व्यवसायीको लगानीमा काठमाडौं बाहिरको यो सबैभन्दा ठूलो एम्युजमेन्ट पार्क हुनेछ । काठमाडौं वाहेक इटहरीमा एम्युजमेन्ट संचालनमा छ । तर त्यो तीन कठ्ठामा छ ।
एक विघा जग्गामा स्थापना भइरहेको यो रिर्सोट र पार्क भारतीय पर्यटकलार्इ लक्षित गरिएको छ । भारतीय सीमानजिकै रहेकोले त्यहाँबाट क्यासिनो खेल्न परिवारसहित आउने गर्छन् । परिवारसहित आउँदा श्रीमती र छोराछोरीहरुले घुम्ने र खेल्ने ठाउँको अभाव छ । यो पार्कले त्यही बर्गलार्इ बढी लक्षित गरेको छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...