घर भत्केर चार जना घाइते
जेष्ठ २०, २०७३- काठमाडौंको पूरानो बानेश्वर भिमसेन गोलामा बिहीबार अपरान्ह एक पूरानो घरको माथिल्लो भाग भत्किदा चार जना घाइते भएका छन् । मेन रोडमै रहेको उक्त पूरानो घर भत्काइने क्रममै थियो । त्यहाँ मजदुरहरु भत्काउने काममा खटिएका थिए । गौशाला प्रहरी वृतका डिएसपी नवराज कार्कीले जीवन श्रेष्ठको घर भत्काउने क्रममा दोस्रो तल्लाको बाहिरी भाग झरेको बताए । त्यस क्रममा त्यहीँ काम गर्ने तीन जना मजदुर र एकजना बटुवा घाइते भएको उनले बताए ।
अकास्मात घरको माथिल्लो भाग भत्केपछि त्यहाँ काम गरिरहेका मजदुर रामेछाप शुकराज तामाङ र रेशम बलामी मगर, बाबु घिसिङ र अर्का एकजना बाटोमा हिडिरहेका काठमाडौं विजयचोक बस्ने ६५ वर्षीय नगेन्द्र खडका घाइते भएका हुन् । उनीहरुको सिनामंगलस्थित केएमसी र नोबेल अस्पतालमा उपचार भइरहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...