-->
कञ्चनपुर,सरकारले २०५७ मा कमैया मुक्तिको घोषणा गर्दा धेरै परिवार बिचल्लीमा परे

कञ्चनपुर  । सरकारले २०५७ मा कमैया मुक्तिको घोषणा गर्दा धेरै परिवार बिचल्लीमा परे ।

पुनस्र्थापनादेखि वैकल्पिक रोजगारीको व्यवस्था नहुँदा साँझ बिहानको छाक टार्न पनि मुस्किल र्पयो । कतिपय जमिनदारको घरमा पुनस् कमैया बस्न पुगे ।
बिस्तारै पुनस्र्थापनाका लागि ५ कठ्ठा भए पनि जमिन पाएपछि मुक्त कमैयाहरू त्यही बसोबास गर्न थाले । सुरुमा मुक्त कमैया शिविरमा खानेपानी, विद्युत, बाटोघाटो, विद्यालय र सिंचाइको अभावका कारण निकै समस्या झेल्नुर्पयो ।

कृष्णपुर नगरपालिका ४ वयलकुण्डीमा बसाइएका मुक्त कमैयाहरूले सिंचाइ अभावमा खेतीपाती पनि गर्न सकेनन् । चुरेफेदीमा बसाइएको बस्तीमा खानेपानीको समेत निकै समस्या थियो । सिंचाइका लागि बोरिङ ठोक्न पनि विद्युत् नहुँदा त्यो कुरा सम्भव थिएन । तर उनीहरूले हिम्मत हारेनन् ।

‘विद्युत् प्राधिकरण धाउँदा धाउँदा पोल खसालिदियो, त्यो गाउँलेहरूले नै गाड्यौं,’ वयलकुण्डी मुक्त कमैया शिविरका मंगल चौधरीले भने, ‘त्यसपछि तार तान्न पनि गाउँले नै जुट्यौं, ३ महिना सबै गाउँलेले श्रमदान गरेर गाउँमा विद्युत् लाइन र्पुयायौं ।’

उनका अनुसार विद्युत् लाइन पुगेपछि गरिबी निवारण कोषले सिंचाइका लागि बोरिङ पनि जडान गरियो । आज त्यही वयलकुण्डी मुक्त कमैया शिविर उद्यमी गाउँको रूपमा चिनिएको छ ।

अहिले वयलकुण्डीमा बसोबास गरिरहेका मुक्त कमैयाका खेत खेतमा सिंचाइ पुगेको छ । सबैले आआफ्नो खेतमा हरियाली बनाएका छन् । सबै आ–आफ्नो खेतबारीमा व्यस्त देखिन्छन् । ७१ परिवारको बसोबास रहेका यहाँका अधिकांश बेमौसमी तरकारी खेतीमा लागेका छन् । यति बेला सबैको बारीमा काँक्रा, लौका, फर्सी, करेला, मकै, बडी, र भिन्डीलगायतका तरकारी फलेका छन् । सबैले अलगअलग खालको तरकारी लगाएका छन् ।

‘हामीले तरकारी बेच्न बाहिर जानु पर्दैन’ मंगलले भने, ‘गाउँमा धान गहुँसँग साटेर तरकारी बेच्छौं ।’ १ किलोग्राम तरकारीसँग २र३ किलो धान गहुँ लिने गरेको उनले बताए । ५ कठ्ठाको तरकरीसँग साटेको गहुँ बिक्री गर्दा ४० हजार आम्दानी भएको उनले बताए । यहाँका मुक्त कमैयाले तरकरीसँगै बेमौसमी मकै खेती पनि गरेका छन् । उनीहरूले बाह्रै महिना तरकारी खेती नै गर्छन् ।

‘गरिबी निवारण कोषबाट ऋण लिएर यहाँका थुपै्र मुक्त कमैयाले स–सानो व्यापार व्यवसाय सुरु गरेका छन्,’ स्थानीय चन्द्रबहादुर चौधरीले भने, ‘कसैले रिक्सा, साइकल मर्मत गरिरहेका छन्, कसैले तरकारी पसल चलाएका छन् र कोही गाउँगाउँमा डुलेर तरकारी बेच्छन् ।’ यहाँका सबैको आम्दानीको स्रोत भनेको तरकारी खेती र त्यसकै व्यापार हो ।

घर घरै तरकारी उत्पादन भए पनि संकलन केन्द्र नहुँदा समस्या भएको उनीहरू बताउँछन् । उसो त गाउँको उत्पादन गाउँमै खपत भइरहेको छ । तर बजारसम्म र्पुयाउन सके नगद र अझ बढी आम्दानी गर्न सकिने उनीहरूको आशा छ ।

‘दिनभरि साइकलमा डुलेर गाउँगाउँमा पुगेर बेच्नुपर्ने बाध्यता छ,’ शुक्लाफाँटा सामुदायिक संस्थाका सचिव सन्तराम चौधरीले भने, ‘बाटोघाटोको सुविधा भए स्थानीय बजारसम्म तरकारी र्पुयाउन सहज हुन्थ्यो ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.