-->
सेती अञ्चल अस्पतालमा प्रमुख डाक्टरकै दादागिरी ।

सेती अञ्चल अस्पतालमा प्रमुख डाक्टरकै दादागिरी, विरामीको अप्रेशनै गर्न मानेनन्
विरामीलाई आफू कार्यरत निजी अस्पताल पठाए
धनगढी,२३
। धनगढीस्थित सेती अञ्चल अस्पतालका एक डाक्टरले एपेन्डी साईडका बिरामीलाई अप्रेशनका लागि निजी अस्पतालमा जान दबाब दिएका छन् ।

सेती अञ्चल अस्पतालमा कार्यरत डाक्टर सुजन सापकोटाले एपेन्डी साईडका विरामी पारस बमलाई आफू कार्यरत धनगढीमै रहेको कैलाली अस्पतालमा जान दबाब दिएका हुन् । डाक्टर सापकोटाले तीन दिनदेखि सेती अंचल अस्पतालको बेड नं ८ मा छटपटाई कैलाली धनगढी उपनगरपालिका– १ का १३ वर्षीय बमको अप्रेशन गर्न नमानेपछि उनको निजी स्तरबाट सञ्चालित सीपी अस्पतालमा उपचार भइरहेको छ ।

डाक्टर सापकोटाले सल्यक्रिया नै नगरिदिएपछि सोमबार धनगढीकै सिपी अस्पतालमा उपचार भैरहेको छ । डाक्टर सापकोटाले अस्पतालको छेउमै रहेको कैलाली अस्पतालमा बिरामी लगे एकछिनमै सल्यक्रिया गरिदिन्छु भन्दै हुनुहुन्थ्यो बिरामीकी आमा कमला बमले भनिन्, ‘सरकारीमा अप्रेशन गरे सस्तो पर्ने भएकाले मैले सरकारीमै गर्छु भने रिसाएर डाक्टरले अप्रेशन गरिदिएनन् ।’

कैलाली अस्पतालमा डा. सुजन सापकोटा गेष्ट डाक्टर हुन । उनी सेती अन्चल अस्पतालका मेडिकल अधिकृत हुन । सेती अञ्चल अस्पतालमा भर्ना गरेको भएपनि छोराको एक्सरे सम्म डा.सुजन सापकोटाले स्थानीय कैलाली अस्पतालबाटै गर्न लगाएको पनि बिरामी पारसकी आमा कमलाले बताईन । कमलाका श्रीमान अहिले बिदेश छन् ।

पारस एउटा मात्रै पात्र होईनन् । उनी जस्ता थुप्रै बिरामीलाई सेती अंचल अस्पतालका डाक्टरहरु निजी क्लीनिकमा कर गरेर पठाउने गर्दछन् । भनेको नमानेपछि उपचार नगरी निजी क्लीनिकमा जान बाध्य बनाउँछन् । सेती अंचल अस्पतालका डाक्टरहरु अक्सर निजी क्लीनिकमा बिताउने गर्दछन् भने अस्पताल आएका बिरामीलाई आफू काम गर्ने क्लीनिकमा नै पठाउँछन् ।

सेती अंचल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. बि.एस बोहराले त्यस घटनाका बिषयमा आफूले डा. सुजन सापकोटासँग सोधपुछ गरेको बताए । उनले भने –‘डा. सापकोटाले सरकारी अस्पतालमा आएका बिरामीलाई निजीमा जाउँ भन्न नहुने हो भनेको हो भने गलत हो ।

सेती अंचल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा.बोहराले भने सरकारी अस्पतालमा पाउने सेवा निजी क्लीनिकमा गएर लेउ भन्नु हुँदैन । सेती अंचल अस्पतालमा सर्जनको अभाव भएको पनि डा. बोहराले बताए । आफूले चाडो उपचार चाहिए निजी अस्पतालमा जान बिरामीको आफन्तसँग भनेको डाक्टर सापकोटाले बताए । अप्रेशन गर्न अभिभावक तयार नभएकाले गरिएन तीन दिनदेखि औषधी खुवाएर राखेको थिए । डा. सापकोटाले भर्ना गर्न भनेको कैलाली अस्पतालमा बिरामीको आमाले नलगेपछि तीन दिनदेखि बिरामी अस्पतालमा राखिएको बिरामीका आफन्तले बताएका छन् ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले सेती अंचल अस्पतालका थुपै गुनासाहरु आउने गरेको बताए । उनले भने- ‘मंगलबार सेती अंचल अस्पतालका डा. सुजन सापकोटाले तीन दिन देखि बेड भर्ना गरेको बिरामीलाई निजी क्लीनिकमा जान दवाव दिएको गुनासो आएको थियो । मैले सेती अंचल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. बि.एस. बोहरालाई तत् सम्बन्धमा बुझेर जानकारी दिन निर्देशन दिईसकेको छु ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.