काठमाडौं, २२ जेठ । धुर्मुस सुन्तली फाउण्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा निर्माण गरि रहेको एकीकृत बस्ती निर्माणका लागि बेलायतको हेल्प नेपाल फाउण्डेशनले २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
गन वर्ष १२ वैशाखमा गएको भूकम्पले ध्वस्त बनेको घर निर्माणकालागि २० लाख रुपैयाँ सहयोग गर्न लागेको फाउण्डेशनले जनाएको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गिरान्चौर एकीकृत बस्ती निर्माणमा रकमको आवश्यकता देखिएकाले यो निर्णय गरिएको फाउण्डेशनद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
लाइटनेपाल डटकमसँग कुरा गर्दै धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले सहयोग गर्ने फाउण्डेसनप्रति आभार प्रकट गरे । यो अवधिसम्म आएको सहयोगमा संस्थागत रुपमा यो नै ठुलो सहयोग भएको समेत जानकारी गराए ।
हामीलाई यो सहयोगले हौसला मिलेको छ उनले भने‘हामी प्रति विश्वास गर्ने र भूकम्पले ध्वस्त भएका संरचना समयमा नै निर्माण होस भन्ने सबैको चाहनालाई पुरा गर्ने छौं ।’ पीडितलाई निर्धारीत समय भन्दा अगाडी नै घरमा बसााउने चाहना भएकाले यस्ता सहयोगी हातहरुको प्रतिक्षामा रहेको उनको भनाई छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...