अम्बर गुरुङलाई ५० हजार रुपैयाँको बसुन्धराश्री पुरस्कार
काठमाडौँः वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले वरिष्ठ संगीतकार अम्बर गुरुङलाई ५० हजार रुपैयाँसहितको वसुन्धरा श्री पुरस्कार प्रदान गर्ने भएको छ ।
प्रतिष्ठानको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको कुलपति डा. दुवसु क्षेत्रीले प्रेस विज्ञप्तीमा जनाएका छन् ।
गुरुङले उत्कृष्ट , स्तरीय र श्रुतिमधुर नेपाली गीत र संगीतको सिर्जनाद्वारा आधुनिक नेपाली संगीतलाई सार्थक, समृद्घ र समुन्नत बनाई नेपाली बाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशेष योगदान पुर्याएको भन्दै गुरुङ्लाई उक्त पुरस्कार दिने निर्णय लिइएको हो ।
त्यसैगरी उत्कृष्ट र श्रुतिमधुर गीत र संगीतको सिर्जना र गायनद्वारा आधुनिक नेपाली संगीतलाई अझ सार्थक व्यापक र लोकप्रिय बनाई नेपाली बाङ्मयको विकासमा महत्वपूर्ण योगदान गरी आफ्नो अलग्गै र विशिष्ट पहिचान बनाएका गायक दीप श्रेष्ठलाई २५ हजार रुपैयाँको मानश्री पुरस्कार प्रदान गर्ने प्रतिष्ठानले जनाएको छ ।
गुरुङ हाल गम्भीर बिरामी परेर धापासीस्थित ग्रान्डी अस्पतालमा उपचार गराइरहेका छन् । स्वास्थ्यअवस्था गम्भीर भएपछि अहिले उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...