-->
एउटै शरीर भएको छोरा र छोरीको जन्म, उपचार जारी

काठमाडौं, २२ जेठ । भारतको बिहारमा एउटै शरीर तर टाउको लगायतका अङ्ग फरक रहेका बच्चाको जन्म भएको छ । बिहारको बक्सरस्थित एक निजी क्लिनिकमा बुधबार २४ वर्षकी शिवराजो देवीले जन्माएको दुई शिशुको कम्मर जोडिएको छ ।

साथै हात अलग अलग रहेको सो बच्चाको खुट्टा भने एक जोडी मात्रै रहेको डेलीमेलले जनाएको छ । डेलिमेलका अनुसार एउटा छोरी भएको प्रष्टीएको छ भने अर्कोको लिंग खुल्न नसकेपनि छोरा भएको अनुमान चिकित्सकले गरेका छन् । 

उनीहरुको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि शरल अस्पतालमा राखिएको छ । गर्भवगी भएको बेला एक्स–रे गरिएपनि जुम्ल्याहाको शरीर जोडिएको पूर्व जानकारी नभएको शिवराजो देवीले बताएकी छिन्



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.