-->
चार महिनामा ४० लाख रोजगारी सिर्जना

बेइजिङः चीनले सन् २०१६ को पहिलो चार महिनामा ४० लाख ४३ हजार रोजगारीका अवसर सिर्जना गरेको बताएको छ।

प्रतिकुल आर्थिक अवस्थाका बीच पनि चीनको रोजगार बजार स्थिर रहेको चीनका मानव स्रोत एवम् सामाजिक सुरक्षा सहायक मन्त्री जिन चाङ जिनले एक पत्रकार सम्मेलन मार्फत् जानकारी गराएका छन् ।

उनले रोजगार बजार स्वभाविक तहमा नै कायम रहेको प्रमुख रोजगार बजार सूचकाङ्कले देखाएको बताए ।

जिनले श्रम वृद्धि गर्ने उद्योगमा कमी आउँदा रोजगार बजारमा संरचनागत असन्तुलन भएको तर यसलाई आधुनिक प्रविधिमा काम गर्ने दक्ष कामदार उत्पादनमा भएको वृद्धिले सन्तुलन गरिएको दाबी गरे ।

सरकारले रोजगार बजारलाई स्थिर राख्न नयाँ रोजगारीका मौकाहरुको सिर्जना गर्ने कुरालाई प्राथमिकतामा राखेको मन्त्री जिनले बताए ।

उनले चीनले सन् २०१६ भित्रमा एक करोड नयाँ सहरी रोजगारीका अवसर सिर्जना गर्दै सहरी बेरोजगार समस्यालाई ४.५ प्रतिशतको दरमा झार्ने कार्ययोजना रहेको बताए ।

सरकारले बेरोजगार समस्यालाई ४.५ प्रतिशतभन्दा तल पुर्याउने योजनालाई सन् २०१६ को मार्चमा सार्वजनिक गरेको थियो ।

चिनियाँ सहरी क्षेत्रमा ४.५ प्रतिशतको बेरोजगार दर रहेको आधिकारीक आङ्कडा छ । एजेन्सी


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.