जेष्ठ १९, २०७३- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहले सुनसरीको इनरुवामा रहेको भगवती मन्दिरमा आज पूजा अर्चना गरेका छन् । निर्धारित समय बुधबार दिउसो तीन बजे पुग्ने भनेपनि पूर्व राजा करिब डेढ घण्टा ढिला गरि पुगेका थिए । उनलाई भगवती रोडमा दुईतिर उभिएका सर्ब साधरणले स्वागत गरेका थिए ।
भिडको कारण उनलाई पुष्प गुच्छालिन समेत निकै मुस्कील परेको थियो । जुत्ता फुकालेर मन्दिर प्रवेशका पूर्व राजाले भगवती मन्दिरमा करिब १० मिनेट पूजाअर्चना गरेका थिए । अभिषेक लिएर उनी भगवती मन्दिरबाट शनि मन्दिर र काली मन्दिरमा पूजाअर्चना गरे ।
मन्दिर परिसरमा जम्मा भएको भिडले दिएको पुष्पगुच्छा उनले मन्दिर परिसरबाटै लिएका थिए । मन्दिरभन्दा एक सय मिटर परवाट हिड्दै आएका उनलाई जोगाउन सुरक्षा व्यवस्था कडा पारिएको थियो । मन्दिरहरुको दर्शन पछि करिब एक सय मिटर हिडेर पछि उनी गाडीमा चढेका थिए ।
संचारकर्मीहरुले केही बोलीदिन गरेको आग्रह र केही प्रश्नको जवाफमा उनले दुवै हत्केला उचालेर धैर्य गर्ने इशारा मात्र गरे केही बोलेनन् । दुई साता देखी पूर्व राजा ज्ञानेन्द्र झापा स्थित आफ्नै निजी चिया बगान हिमालय टि स्टेटमा बसिरहेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...