चोरेर निलेको सुनको सिक्री दिसा बसाएर निकालियो
जिल्ला प्रहरीका डीएसपी गौतमकुमार केसीका अनुसार चोरीपछि पक्राउ परेका वीरगञ्ज उपमहानगरपालिका-२३ अपौलीका रमेश राय यादव, सुनसरीका राजकुमार यादव, पर्सा हरपतगञ्ज-९ का अमित राय यादव र सुनसरी इटहरीका जगनारायण चौधरीको पेटमा भएको सुन बुधबार पाचन प्रक्रियाबाट निस्केको हो ।
पक्राउ परेका ४ मध्ये ३ जनाले ९ तोला २ आना सुनको सिक्री लुट्नासाथ आलुचपमा मिसाएर निलेका थिए । उनीहरुले खाँदबारीकी दिलकुमारी श्रेष्ठको ५ तोला, संगीता श्रेष्ठको २ तोला २ आना, र पासाङलमु शेर्पाको २ तोलाको सिक्री शनिबारे हाटबाट दिउँसै लुटेका थिए । केही दिनपछि पीडितलाई सुन फिर्ता दिने प्रहरीले बताएको छ ।
भिडियो एक्स्ररे गरेर हेर्दा उनीहरुको पेटमा सुनको सिक्री देखिएपछि पाचनप्रक्रियाबाट सुन निकालिएको हो । उनीहरुलाई मुलुकी ऐन चोरीको महल अनुसार मुद्दा चलाइएको छ ।

0 comments
प्रतिक्रिया दिनुहोस्...