पौडीमा शिरिषको कीर्तिमान
काठमाडौं, जेठ २६ - शिरिष गुरुङले १३ औं ग्यालेक्सी कप अन्तर स्कुल उमेर समूह र खुल्ला पौडी प्रतियोगितामा एक राष्ट्रिय कीर्तिमानसहित थप चार स्वर्ण जितेका छन् । प्रतियोगिताको पहिलो दिन मंगलबार ३ स्वर्ण जितेका शिरिषको स्वर्ण पदकको संख्या ७ पुगेको छ । उनले नेपाल आर्मीका तर्फबाट यो प्रतियोगितामा भाग लिएका हुन् । प्रतियोगिताको दोश्रो दिन बुधबार उनले २ सय मिटर ब्याक स्ट्रोकमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गर्दै २ मिनेट ३४ दशमलव १७ सेकेण्डको समय निकालेका हुन् । यसअघि ३ वर्षअघि २ मिनेट ३९ दशमलव ०६ सेकेण्डको कीर्तिमान बनाएका थिए ।
बुधबार उनले २ सय मिटर ब्याक स्ट्रोकमा सहित, २ सय मिडर इन्डिभिज्युअल, १ सय मिटर फ्रिस्टायल र ५० मिटर फ्रिस्टायलमा स्वर्ण जितेका हुन् ।उज्यालोअनलाइनबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...