-->
रक्सी बेच्ने महिला ग्राहकबाटै बलात्कृत

सिरहा, जेठ २६ – सिरहा नगरपालिकामा घरमै रक्सी बिक्री गर्ने एक महिला ग्राहकबाटै बलात्कृत भएकी छन् । सिरहा नवटोली घर भएकी ५५ वर्षकी ती महिला बुधबार बिहान ग्राहकबाटै बलात्कृत भएको प्रहरीले जनाएको छ । 

बलात्कृत महिलाको अत्यधिक रक्तस्राव भएपछि सिरहा सदरमुकामस्थित जिल्ला अस्पतालमा उपचारार्थ भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो । बलात्कारको आरोपित सिरहा नपा-१७ खैरटोकाका ४२ वर्षका एक पुरुषलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो । 

आरोपित पासवान बलात्कृत महिलाको घरमा रक्सी पिउन गएका थिए । रक्सी पिएपछि मातिएका पासवानले रक्सी बिक्री गर्ने महिलालाई मुख थुनेर बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती महिलाले पनि रक्सी खाएकी थिइन । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.