आफ्नै विद्यालयका शिक्षिका बेच्न खोजेको आरोपमा प्रधानाध्यापक पक्राउ
धादिङ, जेठ २४ – आफ्नै विद्यालयका दुई शिक्षिकालाई बेच्न खोजेको आरोपमा धादिङको नीलकण्ठ नगरपालिका–१० झगरेको पञ्चकन्या प्राविका प्रधानाध्यापकसहित दुई जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
विद्यालयका प्रधानाध्यापक रामप्रसाद रिजाल र शिक्षक ध्रुब रिजालले शिक्षिकालाई सदरमुकाममा तलब लिन बोलाएर बेच्न लैजान लागेको आरोपमा पीडितले उजुरी गरेपछि पक्राउ गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
पीडितले शुक्रबार मौखिक उजुरी गरेपछि जेठ २२ गते प्रहरीले दुवै शिक्षकलाई पक्राउ गरेको हो । आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । तर आरोपित शिक्षकहरुले आफुहरुमाथि लगाइएको आरोप झुटो भएको दाबी गरेका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...