काठमाडौं–अकुत सम्पति कमाएको भन्दै अख्तियारले छानबिनको दायरामा ल्याएपछि शालिन र सन्तुलित नेता कृष्णबहादुर महरा चीनको फेल्डबाट बाहिरिएर भारतकोमा पुगेको चर्चा माओवादी केन्द्रमा हुने गरेको छ । भारतको एउटा शक्ति केपी ओलीको सरकार गिराउन चाहन्छ ।
महरा त्यसैलाई कार्यान्वयन गर्न दौडधुपमा लागेको खबर बालुवाटार दरबारमा पुगेको बताइन्छ । यता बहालवाला मन्त्रीहरुलाई हटाउनुपर्ने निश्कर्षमा भने प्रचण्ड पुगिसकेको पेरिसडाँडा स्रोत बताउँछ । आपूर्तिमन्त्री गणेशमान पुन, गृहमन्त्री शक्ति बस्नेत असक्षम साबित भइसकेका प्रचण्डको समेत बुझाइ रहेको बताइन्छ । गृहमन्त्री बस्नेतमाथि यो पटकको सिडिओ सरुवा कुबेलामा गरिएको आरोप लगाएपनि गृहका कर्मचारीहरुले भने न्यायपूर्ण भनेका छन् । त्यस्तै नारायणकाजी श्रेष्ठ समूहको कोटाबाट मन्त्री बनेका गिरिराजमणी पोखरेलले गैरकानुनी रुपमा चलिरहेका भारतीय स्कुललाई वैधानिकता दिन ठूलै रकम लिएको विषयले माओवादी केन्द्रमा ठूलै खैलाबैला छ । रातोपाटी अनलाइन र समयबद्व साप्ताहिकले यो विाष्यलाई निकै ठूलो महत्वका साथ उछालेका छन् । आजको सााघु साप्ताहिकमा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...